सामुदायिक मेलमिलाप सम्बन्धी दुई दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । मुदायिक मेलमिलाप सम्बन्धी २ दिने पुनर्ताजगी तालिम मेलम्चीमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अध्यक्ष मेलम्ची नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक उमा प्रधानले नगरले प्रत्येक बर्ष यस्ता तालिम राख्ने गरेको बताउदै मेलमिलापकर्तालाई समय अनुसार अपडेट गराँउदै लैजाने नगरको उदेश्य रहेको बताउनुभयो ।

मेलमिलापकर्ताहरुले स्थानीय सरकारसंगै रहेर स्थानीय सरकारलाई सहयोग गरिरहेको बताउँदै यसको लागि नगरपालिकाले केहि बजेट समेत बिनियोजन गरिएको उँहाले बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरु अझै सकृय हुनु आग्रह गर्नुभयो ।

तालिममा मेलमिलाप सहजीकरणका सिप, मेलमिलाप कर्ताले मेलमिलाप सत्र संचालन गर्न आवश्यक पर्ने लिखत मस्यौदा अभ्यास, मेलमिलाप सत्र अभ्यास बारे प्रशिक्षण गराइने सिन्धुपाल्चोक बारका सदस्य एवम् मेलमिलाप प्रशिक्षक उद्धवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका सुचिकृत मेलमिलापकर्ताको सहभागीता रहेको न्यायीक समितीका सहजकर्ता अस्मिता ढकाल अर्यालले जानकारी दिनुभयो ।

न्यायीक समिति सदस्य सरिता पराजुलीले तालिमको बारेमा जानकारी गराउनुभएको थियो त्यस्तै जिल्ला मेलमिलाप समाजका पुर्व अध्यक्ष हरिप्रसाद धिताल लगायत शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply