गुगलमा विकासकाे बाकस सर्च गर्दा युवराज दुलाल भेट्नुहुनेछ : पूर्वमन्त्री दुलाल

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

कम्युनिस्ट पार्टी माओवादी का केन्द्रीय सदस्य तथा बागमति प्रदेशसभा सदस्य युवराज दुलालले ३३ वर्षसम्म राज गरेका मान्छेहरूले भूत जगाएको बताउनुभयाे । नेकपा माओवादी मेलम्ची नगरकाे तेस्राे अधिवेशन तथा खबरदारी सभामा उहाँले साे कुरा बताउनुभएकाे हाे । साेहि अवसरमा सहिद प्रतिष्ठान भवनकाे पनि उद्घाटन गरीएकाे छ ।

काठमाडौँ साँखु फर्केश्वर छाप भन्ज्याङ मेलम्ची क्षेत्रको सडकको लाइभलाइन भएको बताए यसवर्ष २० करोड ठेक्का गराउनको लागि प्रथम चरणमा ४ करोड बजेट सुनिश्चित भइसकेको समेत उहाँले जानकारी दिनुभयाे । सरकार परिवर्तन भए यता एमाले कांग्रेसहरूले षड्यन्त्र गरेर सबै प्रादेशिक सडकहरुलाई समेत निरन्तरता नदिने गरी काम गरिरहेको उहाँकाे भनाई थियाे । तीनवटा मुख्य सडकहरू मेलम्ची हेलम्बु सडक, मेलम्ची पाँचपोखरी भाेताङ सडक र मेलम्ची भुड्सिपा हुँदै चौतारा जाने सडक अथवा नवलपुर चौतारा सडकखण्डलाई प्रादेशिक रुपमा गुरु योजना बनाएर नै काम अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयाे । 

मेलम्ची इन्द्रावती नदीको एकीकृत विकास योजना बढाएर आफूहरुले विकासको मोडलसहितको अवधारणा बनाएकोमा सरकार परिवर्तनपछि उनीहरूले यसलाई हटाएको समेत आरोप लगाउनुभयाे। एकीकृत विकास योजनाले नै मात्रै विकास सम्भव हुनेमा उहाँले जाेड दिनुभयाे ।  बाढीबाट विक्षिप्त मनहरु सङ्गालिएर यहाँको कृषक यहाँका उद्यमीहरू व्यापार व्यवसायीहरूले राम्रो खालको अनुभूति गर्न सक्छन् भनेर योजना बनाएको तर उक्त योजनाहरु अगाडि नबढाएकोप्रति मनोगत र तानाशाही बन्दै गएको आरोप लगाउनुभयाे । 

पूर्वमन्त्री दुलालले गफ गर्ने र ठूला आदर्शहरूका प्रतिबद्धता गर्दै हिँड्नेको पछि नलाइकन विकास र समृद्धिको पक्षमा उभिनको लागि आह्वान गर्दै भन्नुभयाे ” म चुनौतीका साथ भन्न सक्छु आज गुगलमा गएर हेर्नुस् विकासको बाकस नामले युवराज दुलाललाई भेट्नुहुनेछ” । अरु कसैले विकासमा त्यति काम गरेर देखाउनुस् होइन भने जनतालाई आश्वासन मात्रै बाँडेर नहिड्नको लागि एमाले कांग्रेसलाई दुलालले खुला चुनौती दिनुभयाे । 

Leave a Reply