इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा पालिका स्तरिय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ टिम सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन सत्रमा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि नेपालले विविध क्षेत्रहरु मध्ये खेलकुद एक महत्त्वपूर्ण क्षेत्र रहेकोले त्यसको प्रबद्र्धनको लागि नीति कार्यक्रम बनाएको जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाले पनि अन्य खेलकुद गतिविधि गर्न सल्लाह र सुझाव आएको बताउँदै त्यस अनुरुप अघि बढ्ने बताउनुभयो । गाउँपालिका शिक्षा र स्वास्थ्यमा मात्र नभइ खेलकुदको क्षेत्रमा पनि अब्बल हुन अघि बढिरहेको उहाँको भनाइ थियो। जसका लागि गाउँपालिकाले कार्ययोजना बनाएको र त्यस अनुसार अघि बढिरहेको अनि जानकारी दिनुभयो । साथै खेल आयोजना गरेको प्रति वडा अध्यक्ष लगायत सबै टिमलाई धन्यवाद दिँदै खेल विवादरहित अनुशासित व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न सबैले सहयोग गर्न आह्वान गर्नुभयो ।
उद्घाटन सत्रको समापन गर्दै वडा नम्बर ५ का अध्यक्ष तथा कार्यक्रमका सभाध्य्क्ष शशिनाथ आचार्यले प्रतियोगितालाई मर्यादित र अनुशाशित बनाउन खेलाडी देखि दर्शक सम्म सबैको सहयोग आवश्यक रहेको बताउँदै सबैलाई मर्यादित भएर आफ्नो पक्षबाट सहयोग गर्न अनुरोध गर्नुभयो। साथै पालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता चैतको अन्तिम हप्ता ऐसेलु खर्का रङ्गशालामा हुने पनि उहाँले उद्घोष गर्नुभयो ।

साथै यसै प्रतियोगिताले आगामी समयमा हुने उक्त प्रतियोगिताको मार्गदर्शन हुने पनि बताउनुभयो।प्रतियोगितामा हार र जितलाई प्रतिष्ठाको विषय मा हेर्न नहुने बताउँदै हार र जित दुवै स्वीकार गर्न सक्नुपर्ने उहाँको भनाइ थियो। साथै सबैको मन जित्ने गरी खेल खेल्न सबै खेलाडी हरूलाई हौसला सहित अनुरोध गर्नुभयो। यस प्रतियोगिताको समापन यही २९ गते फागु पूर्णिमा को दिन हुने भएकोले खेल र होलीको उल्लासस सहित समापन हुने कार्यक्रममा उपस्तिथिको लागि सबैलाई निमन्त्रणा पनि गर्नुभयो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै सहभागी टिमका व्यवस्थापक हरूको तर्फबाट वडा नम्बर ७ का टिमकोज प्रताप सिंह तामाङले अनुशाशित भएर खेल सबै खेलाडीहरूलाई आग्रह गर्नुभयो। साथै पालिकाले पालिका स्तरीय खेल पनि आयोजना गर्न पर्नेमा जोड दिनुभयो ।

ऐसेलुखार्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले बेलाबेलामा हुने यस्ता प्रतियोगिताले खेलाडीहरूमा रहेको सीप र प्रतिभा प्रदर्शन गर्न पाउने बताउनुभयो । साथै प्रतियोगिता सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो।

वडा सदस्य कृष्ण सन्जेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम विद्यालयका शिक्षक रमेश शर्माले सञ्चालन गर्नुभएको थियो ।












