अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिताको उपाधी आयोजक जुगल गाउँपालिकाले हात पारेको छ । जुगल गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै जुगलले उपाधि चुमेको हो । जुगलले ५० हजार नगद सहितको उपाधि घरमै राख्न सफ भएको छ ।
उपबिजेता भएको मेलम्चीले भने ३० हजारमा चित्त बुझाएको छ । जिल्ला भित्रका ९ स्थानीय तहका १० टोली सहभागी प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिका भने तेस्रो भएको छ । जुगल गाउँपालकाकै B टिमलाई २–१ को सेटमा पराजित गर्दै पाँचपोखरी भने तेस्रो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिनुभयो । उसले पनि २० हजार नगद सहित सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको बिजेता टोलीलाई गाउँपालिका अध्यक्ष रेसम स्याङ्बाले पुरस्कार बितरण गर्नुभएको थियो ।

