नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं ९ वडा कार्यसमितिकाे क्रियाशिल वितरण तथा नविकरण कार्यक्रम सम्पन्न भएकाे छ। क्षेत्र नं २ का क्षेत्रिय सभापती आइतमान तामाङकाे प्रमुख आतिथ्यता र वडा सभापती भुपेन्द्र खड्काकाे सभापतीत्वमा कार्यक्रम भएकाे हाे ।
मेलम्ची ९ ज्यामिरेमा २९७ जना क्रियासिल सदस्य रहेका छन । गुफाडाँडामा मंगलवार भएकाे क्रियाशिल भेलामा पुराना सदस्यहरूकाे क्रियाशिल कार्ड वितरण गरिनुका साथै नयाँ सदस्यकाे लागि सदस्यता फारम भर्न आव्हान गरिएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय सभापती आइतमान तामाङले क्रियासिल सदस्य के हाे, किन क्रियासिल सदस्य बन्ने भन्ने बिषयमा उपस्थित क्रियासिल सदस्यहरूलाई अवगत गराउनुभयाे । नयाँ सदस्य बन्न चाहनेले निवेदन दिन सकिने र पुराना सदस्यले क्रियासिल सदस्य नविकरण गर्न सकिने उहाँले बताउनुभयाे । गत निर्वाचनमा ज्यामिरेले धेरै मत दिएर कांग्रेस जिताउन भुमिका खेलेकाले त्यसकाे फल अहिले पाएकाे तामाङले बताउनुभयाे । मेलम्चीलाई कांग्रेसमय बनाउनु आफ्नाे मिसन रहेकाे उहाँले जानकारी दिनुभयाे । अब २ बर्षकाे बजेट बिनियाेजन गर्न बाँकी भएकाेले सबै क्षेत्रलाई समेट्न आवस्यक रहेकाे नगरप्रमुख तामाङले बताउनुभयाे । पार्टीले गरेका राम्राे कामकाे प्रचार गर्न निर्देश गर्दै उहाँले हिजाे र आजकाे ज्यामिरेकाे सडककाे अवस्थाकाे विश्लेषण गर्न आग्रह गर्नुभयाे । गुफाडाँडामा डम्फु पार्क, सिंडि लगायतका संरचना बनाउने नगरप्रमुख अाइतमान तामाङले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
![](https://radiomission.org/wp-content/uploads/2025/02/6e0e1248-7bff-434f-aeed-07cf61d7202e-933x700.jpeg)
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस महासमिति सदस्य भरत खड्काले सिन्धुपाल्चाेकमा कांग्रेसकाे सदस्य धेरै कहाँ छ भन्दा ज्यामिरेकाे नाम आएकाे भन्दै ज्यामिरेकाे बिषयमा जिल्लामा चर्चा हुनेगरेकाे बताउनुभयाे । “नेपाली कांग्रेसका अग्रज नेता मित्र बहादुर कार्कीले बसालेकाे जगमा हामी बसेका छाैँ”, खड्काले भन्नुभयाे । कांग्रेस पार्टीमा स्वतन्त्रता भएकाे भन्दै जाे व्यक्ति मपाईत्व गर्छ त्याे कांग्रेसकाे सदस्य हुन नसक्ने धारणा राख्नुभयाे ।
![](https://radiomission.org/wp-content/uploads/2025/02/5e25e961-0304-4be1-b480-eaa7e2c62e1b-933x700.jpeg)
त्यस्तै जिल्ला सदस्य चन्द्र बहादुर तामाङले सबै क्रियासिल सदस्य एकजुट हुने हाे भने कुनै पार्टी पनि ज्यामिरेमा हावि हुन नसक्ने बताउनुभयाे । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निश्चल गिरि, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, वडा अध्यक्ष किरणदिप खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाली कांग्रेस मेलम्ची ९ का सभापती भुपेन्द्र खड्काले निष्क्रिय तथा सक्रिय सदस्यकाे मुल्याङकन गरेर अघि बढ्ने बताउनुभयाे । क्रियाशिल सदस्यताकाे पुरानाेकाे नविकरण शुल्क २०० र नयाँ सदस्यताकाे शुल्क ३०० रूपैया रहेकाे जानकारी दिनुभयाे । कार्यक्रमकाे सञ्चालन वडा कार्यसमिति सचिव नारायण खड्काले गर्नुभएकाे थियाे । कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा साधारण सदस्यहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।
![](https://radiomission.org/wp-content/uploads/2025/02/aa9533e9-55a1-43b9-a7dc-5d3af334d15f-933x700.jpeg)
![](https://radiomission.org/wp-content/uploads/2025/02/09f6ff23-e8cf-437d-924f-0c28581b2648-933x700.jpeg)