पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार पनि २ खेल हुने, यी टोलिको हुँदैछ भिडन्त (हेर्नुहोस् खेल तालिका)

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको दोस्रो दिन आइतबार २ खेल हुने भएको छ । भोली पहिलो खेलमा चौतारा सँगचोकगढी नगरपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब र दोस्रो खेलमा इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका बिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ । चौतारा र इन्द्रावती शनिबारको खेलमा पराजित टोली हो भने पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिकाले पहिलो खेल खेल्न लागेको हो ।

चौतारालाई शनिवार भएको पहिलो खेलमा ह्योल्मो ११ ले १२७ रन र इन्द्रावती पाँचपोखरी क्रिकेट क्लब सँग ४ विकेटले हारेको थियो । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ह्योल्मो ११ ले निर्धारित ओभरमा ४ वीकेट गुमाएर १६५ रन बनाएपछि १६६ रनको बिजयी लक्ष्य सहित मैदान ओर्लिएको चौतारा ३८ रनमा अलाउट भएपछि ह्योल्मो एघार १२७ रनको फराकिलो अन्तरले विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा इन्द्रावती गाउँपालिकालाई पाँचपोखरी क्रिकेट क्लबले ४ वीकेटले हराएको छ ।

इन्द्रावती गाउँपालिकाले ९५ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा उत्रिएको पाँचपोखरी क्रिकेट क्लबले १८ ओभर २ बलमा ६ वीकेट गुमाएर ९७ रन बनाएपछि ४ वीकेटको जित हात पार्न सफल भएको हो । उद्घाटन खेलमा जनप्रतिनिधिको टिम बिजयी भएको छ । कर्मचारी र जनप्रतिनिधि बिच भएको रोमान्चक खेलमा कर्मचारीलाई जनप्रतिनिधिले हराएको हो । ४५ रनको लक्ष पछ्याएको जनप्रतिनिधिले ४ रनले जित हासिल गरेको थियो ।

खेल तालिका :

Leave a Reply