अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, प्राक्टिकल एक्शनको साझेदारीमा, सिडिइसिफ द्धारा सञ्चलित बहुप्रकोप÷पहिरो पूर्व सुचना प्रणाली परियोजना अन्र्तगत पहिरो उच्च जोखिममा रहेका तथा न्युन आय भएका समुदायहरुलाई लक्षित गरि बहुउद्देश्यीय कृषिवन नर्सरी व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न भएको छ ।
परियोजनाको कार्यक्षेत्र रहेको पाचँपोखरी थाङपाल गाँउपालिका अन्र्तगतअन्तर्रगत वडा नं ७ दनुवार बस्ती र हेलम्बु गाँउपालिका अन्तर्रगत वडा नं ४ ग्याल्थुङ दलित बस्तीमा मिति २०८१ माघ २१ देखि माघ २४ सम्म तालिम कार्यक्रम सन्चालन गरिएको थियो । बिशेष गरि फलफुल, तरकारी र वनबिरुवा लगायतका बिरुवाहरु उत्पादन गर्ने उद्देश्यका साथ परियोजनाकै सहयोगमा स्थापित हाइटेक टनेलमा बिभिन्न प्रजातीका बिउहरु रोपिएको हो ।
तालिम कार्यक्रमको उदघाटन गर्दै, प्राक्टिकल एक्सनका कार्यक्रम व्यवस्थापक, बिना खड्काले तालिम कार्यक्रम बिशेष गरि पहिरो उच्च जोखिम रहेका र त्यसमा पनि न्युन आय भएका र अपाङ्ग, एकल महिला र पिछडिएको समुदायलाई प्राथमिकतामा राखी दुई पालिकाको दुई स्थानहरुमा आयोजना गरिएको बताउनु भयो । साथै तालिम कार्यक्रममा यौनजन्य शोषण तथा दुराचारबाट सुरक्षा (सेफगार्डिङ ) सम्बन्धि जानकारी पनि प्रदान गर्नुभयो ।
तालिम कार्यक्रमको निरिक्षण गर्दै, पाचँपोखरी थाङपाल गाँउपालिकाका अध्यक्ष टासी लामाले खुशी प्रकट गर्नुभयो । लामाले प्रत्येक बर्ष गाँउपालिकाले अन्य जिल्लाहरुबाट बिरुवाहरु किन्नुपर्ने बाध्यता पनि कम हुने बिश्वासका साथै उत्पादित बिरुवाहरु बिक्रि वितरणको लागी गाँउपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नभयो ।
यस नर्सरीमा बिभिन्न प्रजातीका वनबिरुवा तथा घाँसहरु समेत राखिएकाले खाली डांडा लगायतका पहिरो जोखिम जन्य ठाउमा बिरुवाहरु रोपी पहिरोको जोखिमलाई पनि न्युनिकरण गरिने कुरा प्रशिक्षर्थीहरुले व्यक्त गर्नभयो ।
तालिम कार्यक्रमको समापन गर्नुहुदै हेलम्बु –४ का वडा अध्यक्ष बुद्धिमान तामाङले समुदायका सबै मिलेर यो नर्सरीलाई निरन्तर सन्चालन गरि आय आर्जन गर्नुपर्ने बताउनुभयो । साथै वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
त्यस्तै, सिडिसिइफका कार्यबाहक अध्यक्ष इश्वरी अधिकारीले नर्सरी स्थापना शुरुवात मात्र भएको र समुदायका सबै मिलेर यसलाई व्यवसायीक हिसाबमा अगाडी बढाई समुदायका हरेक ब्यक्तीहरुको आय आर्जनको श्रोत बनाउनको लागी निरन्तर रुपमा कार्य गर्नुपर्ने बताउनु भयो, साथै वडा तथा पालिकाले पनि केहि बजेट बिनियोजित गरि यसलाई थप मजबुत बनाउन अनुरोध गर्नुभयो ।
तालिम कार्यक्रको दुबै स्थानमा पालिकाका जनप्रतिनिधी, कृषि शाखाका प्रतिनिधी र समुदायका व्यक्तीहरुको उपस्थीती थियो ।
पहिरोको लागि पूर्व सूचना प्रणालीको विकास गरि यसको जोखिमवाट जन, धनको सुरक्षा गर्न सहयोग पुराउने उद्देश्यका साथ यस क्षेत्रमा बिगत झण्डै डेढ बर्षदेखि बहुप्रकोप/पहिरो पूर्व सुचना प्रणाली परियोजना सन्चालित रहेको सिडिईसिफका फिल्ड संयोजक लक्ष्मण खत्रिले बताउनु भयो, साथै परियोजनाको बिभिन्न कार्यहरुमा पहिरोको उच्च जोखिम क्षेत्रका समुदायमा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, साथै उनीहरुलाई क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको छ, यस क्षेत्रमा वर्षा मापन केन्दहरु्र्र जल तथा मौसम विज्ञान विभागको समन्वयमा स्थापना गरिएका छन् । आपतकालिन साइरनहरु स्थापना गरिएका छन ।
दुबै गाँउपालिकाहरुमा स्थानिय आपतकालिन कार्य संचालन केन्द्र समेत स्थापना भएको छ र आवश्यक सामाग्री पनि सहयोग गरिएको छ । पहिरो नियन्त्रणको लागि प्रकृतिमा आधारित समाधानको कार्य पहिरो उच्च जोखिम रहेका समुदायहरुमा गरिएको छ , त्यस्तै पहिरो उच्च जोखिम समुदायहरुमा आय आर्जनका कार्यहरु पनि सन्चालित रहेको पनि बताउनुभयो ।
![](https://radiomission.org/wp-content/uploads/2025/02/1000005455.jpg)