पाँचपोखरीमा ल्होसार विशेष कार्यक्रम सम्पन्न

* # जीवन शैली विविध समाचार समाज सिन्धुपाल्चोक

मन्जुश्री संवत २८६१औं डुल्ल(सर्प)लो तथा २१५२औं सिङ म्हो डुल्ल लो सोनाम ल्होसारको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम पाँचपोखरी थाङपाल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकको आयोजना तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रम विश्व बौद्ध महासंघका अध्यक्ष,लुम्बिनी विकास कोषका उपाध्यक्ष, डा.ल्हारक्याल लामा (छिमे छिरिङ)को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले आफु संविधानको निर्माता समेत भएकाले संविधानले निर्माण गरेको ३ तहको सरकार मध्यको स्थानीय सरकारको हलमा सोनाम ल्होसार कार्यक्रम आयोजना गरिएको हुनाले कार्यक्रममा उपस्थित भएको बताउनुभयो । ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सक्नुपर्ने उहाँको भनाई थियो । डाक्टर लामाले ल्होसारको अवसरमा आगामी बर्षदेखी कम्तीमा ३ दिन बिदा दिनुपर्ने बताउनुभयो । ल्होसारको बारेमा चर्चा गर्दै उपाध्यक्ष लामाले अबको युगमा प्रकृति र बैज्ञानिक युग संग लड्न पर्ने भएकाले हाम्रो संस्कार हामीले जोगाउन पर्ने बताउनुभयो । धेरै संघर्ष गरेर आफु यो स्थानमा आइपुगेको भन्दै आफु सक्षम भएर मात्र सफल भइने भन्दै अरु जातलाई गाली गरेर आफ्नो अधिकार प्राप्त नहुने बताउनुभयो ।

अहिलेको संविधानले सबै जातिको प्रतिनिधित्व गरेको उल्लेख गर्दै संविधानमा भएका व्यवस्थाका बारेमा बुझ्न र सक्षम भएर मात्र आफ्नो अधिकार खोज्नुपर्ने उहाँको भनाई थियो । उहाँले अब संविधान संसोधन गर्ने हो भने जनसंख्याको आधारमा मात्र संसोधन गर्नुपर्ने बताउनुभयो । अधिकार र पहिचानको कुरा गर्दा आफ्ना छोराछोरी लाई पढाउन र संविधानमा भएका ब्यबस्था बुझ्न सुझाव दिनुभयो । उहाँले पाँचपोखरीको लागी केहि न केही सहयोग गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो । पेमाछल उदान केन्द्रमा जानका लागी ग्रेटट्रेल बनाउन सुझाव दिदैे पाँचपोखरी जस्तो सुन्दर,पवित्र,भुमि अन्त कतै नभएको उल्लेख गर्नुभयो । देशमै बसेर मिहेनत गरेर प्रगती गर्न सुझाव दिदै २/४ पैसाको लोभमा बिदेशीन नहुने बताउनुभयो ।


कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामाले आदिवासी जनजातिको माग र अधिकारलाई स्थापित गररै छाड्नुपर्ने बताउनुभयो । उहाँले एकमन र एकताका साथ आफ्नो अधिकार स्थापित गर्नका लागी आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

धर्मनिरपेक्ष,लोकतन्त्र लगायत आफुहरुको माग पुरा भएको भन्दै विभेद अन्त्यका लागी भने आफुहरुको आन्दोलन सधैं रहिरहनने बताउनुभयो । उहाँले पाँचपोखरीको विकासका लागी सहयोग गर्न समेत प्रमुख अतिथि लामाको ध्यानाकर्षण गराउनुभयो ।


मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले आफुले खोजेको अधिकार र आफ्नो मुद्धामा प्रतिबद्ध भएर अगाडी बढेमा मात्र सफल भइने बताउनुभयो । उहाँले अधिकार खोज्ने तर अरुलाई गालि गर्ने प्रवृतिले मात्र सफल नभइने बताउनुभयो । उहाँले सबैजना आदिवासी जनजाति एक भएर अगाडी बढेमा मात्र सफल भइने धारणा ब्यक्त गर्नुभयो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकका अध्यक्ष ताराबहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका सल्लाहकार शिशिर वाईबा, अतिथिहरु लङजम शेर्पा, सोमर बोम्जन,लोकमान तामाङ,विभिन्न राजनितिक दल तथा आदिवासी जनजाती महासंघका प्रतिनिधि लगाएतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा कलाकारहरु प्रेम लोप्चन,ओम तामाङ लगायतले आफ्नो सांगितिक प्रस्तुती र स्थानियहरुले झाँकी प्रर्दशन गरेका थिए ।

Leave a Reply