मेटामोर्फिक क्लबको आयोजनामा स्वास्थ्य तथा शिक्षा जनचेतना कार्यक्रम सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेटामोर्फिक क्लबको आयोजना र फोडा मेटामोर्फिक एकेडेमीको सहयोगमा स्वास्थ्य तथा शिक्षा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

क्लबका अध्यक्ष रोनिसा श्रेष्ठको सभापतित्व र जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सरोज भट्टराई को प्रमुख अतिथ्यता एवं विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेल, विद्यालय सञ्चालक सिलास रम्तेल, शिक्षक, विद्यार्थी, लगायत जलविरेवासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालय सञ्चालक सिलास रम्तेलले कार्यक्रमको आयोजना गरेको प्रति बाल क्लबलाई धन्यवाद दिँदै दैनिक जीवनमा ख्याल गरी सरसफाईमा ध्यान दिनुपर्ने सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बाल क्लबका विद्यार्थीहरूले साबुनपानीले हात धुने सम्पूर्ण प्रक्रिया प्रयोगात्मक रुपमा देखाई स्पष्ट पारेका थिए ।

प्रमुख अतिथी जलविरे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सरोज अधिकारीले अहिलेको समयमा भइरहेको रुघाखोकी ज्वरो टाउको दुख्ने जस्ता भाइरल रोग र यही माघ २२ गतेबाट सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप को बारेमा आफ्नो भनाइहरू राख्नुभएको थियो। साथै औषधि सेवन र यसका फाइदा र बेफाइदाका बारेमा प्रष्ट पार्नुभएको थियो।

प्रमुख अतिथि संस्थापक अध्यक्ष रमारम तेलले विद्यार्थीहरूलाई दैनिक उपभोग गर्ने सामग्री वितरण गर्नुभएको बिद्यालयका प्रधानध्यापक देदलाल दुलालले जानकारी दिनुभयो ।

Leave a Reply