कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

कैजले घट्टेखोला नवलपुर खानेपानी तथा सरसफाइ समन्वय समितिको १९ औं साधरणसभा सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडामा दर्ता भएका उपभोक्ताहरुले वडामै शुल्क तिर्न आग्रह गर्नुभयो । सथै कार्यक्रममा उपभोक्ताहरु कम मात्रा उपस्थित रहेको बताउँदै सबैलाई उपस्थित गराउने बाताबरण मिलाई फेरी पनि छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
नियमित पानी खान खान पाए तोकेको शुल्क तिर्न तयार रहेको उपभोक्तहरुको भनाइ थियो ।

अब खानेपानी आयोजनालाई व्यवस्थित गराई मिटरको आधारमा पैसा लिनुपर्ने र उपभोक्ता समिती उपभोक्ता र वडाले मिलेर काम गरे समस्या नहुने इन्जिनियर कृष्ण अधिकारीको भनाइ थियो । सबै इमान्दार भएर सिस्टम अनुसार चल्न सके समस्या नहुने उहाँले बताउनुभयो ।

सभामा कसरी खानेपानीलाई व्यवस्थित गरी प्रयोग तथा सञ्चालन र वितरण गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

Leave a Reply