हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवीस्थान युवा क्लवलाई

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

छेटौं हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवी स्थान युवा क्लवले जितेको छ ।

सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक न्यु राईजिङ युवा क्लब ए लाई ४–२ गोलले पराजित गर्दै देवीस्थान युवा क्लब हेलम्बु –४ ले उपाधि सहित ८० हजार नगद पुरस्कार पनि हात पारेको छ भने फाइनलमा पराजित आयोजक ए ले ४० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा बेस्ट किपर देबिस्थान क्लबका नविन तामाङ, बेस्ट प्लेयर देबिस्थानकै इन्द्र तामाङ र सर्बाधिक गोलकर्ता न्युज राइजिङका अजय तामाङ चयन हुनुभयो ।

हेलम्बु गाउँपालिकाको सहयोगमा गणेशे बगर खेल मैदानमा भएको प्रतियोगिता न्यू राईइजिङ युवा क्लवको आयोजनामा माघ १० गते बाट सुरु भई आज समापन भएको हो। प्रतियोगितामा ९ टिम सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष जितबहादुर तामाङले जानकारी दिनुभयो ।

Leave a Reply