क्यौरानी ।
मेलम्ची नगरपालिका वडा नं ८ क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङुले वडाध्यक्ष जित बहादुर तामाङ लगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा र अतिथिहरुको सहभागितमा शिव मन्दिर तथा विर्ताघर रामदल गिरी टोल सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्र्रमुख तामाङले नयाँ भवन समुदायलाई एकत्रित र सामाजिक सेवामा थप सुधार ल्याउने स्थान बन्ने विश्वास ब्यक्त गर्नु भयो ।
यस निर्माणले शिक्षा, स्वास्थ्य, र सामाजिक गतिविधिहरुलाइ सहज बनाउने तथा सबैको सहयोग र समर्पणले यो परियोजना सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यहाँ शिव, कृष्ण मन्दिर र भवन नगरले निर्माण पुरा गर्ने बताउनुभयो । मन्दिरका लागि नगरले १० लाख विनियोजन गरिएको छ ।