नेवाःदेय दबु मेलम्चीको दोस्रो अधिवेशन सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
नेवाः देय् दबु मेलम्ची नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आज (बुधवार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान लगायतले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनबाट सुदर्शन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा उत्तमनारायण श्रेष्ठ, महिला उपाध्यक्ष पुर्णिामा श्रेष्ठ, उपाध्यक्ष पवेन्द्र श्रेष्ठ, सचिव प्रेमकृष्ण श्रेष्ठ, महिला सचिव चन्दा श्रेष्ठ, कोषाध्यक्ष सुरेश श्रेष्ठ सहित १७ सदस्यीय कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि  नगरप्रमुख तामाङले नेवार समुदायको चाडपर्व। संस्कृतिको धनि रहेको बताउनुभयो । उहाँले नगरपालिकाले परिक्षणको रुपमा मेलम्चीको एक विद्यालयमा तामाङ भाषा पठनपठान सुरु गर्ने बताउँदै चाँडै नेवारी पनि सुरु गरिने बताउनुभयो । नगरको बडापत्रमा पनि तामाङ र नेवारी भाषा समावेश गरिने उहाँले बताउनुभयो । उहाँले यहाँका नेवार समुदायका भाषा, कला, संस्कृति जर्गेना गर्न नगरले सहयोग गरेको बताउँदै थप सहयोग गर्न तयार रहेको बताउनुभयो । 

विषेश अतिथि उपप्रमुख प्रधानले अरु भन्दापनि पहिला नेवार समुदाय जागरुक भएर लागेमा मात्र भाषा, कला, संस्कृति जर्गेना गर्न सकिने बताउनुभयो । उहाँले आफ्ना सन्ततिलाई आफ्नो भाषा, कला, संस्कृति सिकाई यसको जर्गेना गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले नगरले सम्पुर्ण जातजातिको उत्थानका लागि र संस्कृति, भाषा जोगाउन सहयोग गरिरहेको बताउनुभयो । 

सदस्यहरुमा निरन्जन श्रेष्ठ, कमल श्रेष्ठ, प्रकृति श्रेष्ठ, यज्ञकृष्ण श्रेष्ठ, विश्वराम श्रेष्ठ, प्रविन श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, जुना श्रेष्ठ र पुरुषोत्तम नारायण श्रेष्ठ रहनु भएको छ । त्यस्तै जिल्ला प्रतिनिधिमा राधाकृष्ण श्रेष्ठ, एकलाल श्रेष्ठ, चन्दा श्रेष्ठ पुर्णिामा श्रेष्ठ र पुरुषोत्तम नारायण श्रेष्ठ चयन हुनुभएको पनि निवर्तमान अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

May be an image of 6 people and text
May be an image of 1 person, dais and text
May be an image of 2 people and text
May be an image of 12 people
May be an image of 2 people and text
May be an image of 4 people, dais and text
May be an image of 13 people and people studying
May be an image of 8 people and text
May be an image of 8 people, clarinet and text

Leave a Reply