पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस – २०८१ हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

 इन्द्रध्वज गणकाे आयाेजना र भाेटेकाेशी गाऊँपालिकाकाे प्रायाेजनमा पाँचाै लिस्तिकाेट दुगुनागढी माउन्ट ट्रेल रेस -२०८१ हुने भएकाे छ ।
प्रतियोगिताकाे बारेमा शनिबार गणकाे कार्यालय चाैतारामा पत्रकार भेटघाटमा उक्त कुरा सार्वजनिक गरेकाे हाे ।

लिस्तिकाेट दुगुनागढी ट्रेल रेस पाँचौ संस्करणकाे रुपमा जिल्लाकाे ऐतिहासिक स्थलहरुकाे पहिचान दिलाउन, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने ध्ययले दाैड गरिने भएको हाे ।

साहसिक खेलकुदकाे बिकास तथा शैनिक नागरिकको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले माघ २६ गते भाेटेकाेशी गाउपालिका ३ ड्राइपाेट देखि लिस्तिकाेट हुँदै दुगुननगढीसम्म २४.५ किलोमिटर दाैड प्रतियोगिता हुने इन्द्रध्वज गणले जनाएको छ ।

पछिल्लो समय सवारी मार्गहरुकाे बिकास भएपछि पदमार्गलाई जीवित राख्न यसलाई निरन्तरता दिएको र यश बर्ष अघिल्लो बर्षकाे तुलनामा खेलाडी बृद्दि हुने अनुमान गरिएको गणका खेल संयाेजक सेनानी अनिलकुमार बस्नेतले बताए ।
एथलेटिक्स खेलाडी अमृतमान श्रेष्ठका अनुसार ग्रिसकाे म्याराथुन भन्ने स्थानकाे एक लडाइँमा एक सिपाहीले साहसिक कुरा सुनाएको देखि बर्षै पिच्छे त्यतिखेर ४२.५ पार गरेकाे हुनाले दाैडलाइ म्याराथुन नाम दिइएको बताए ।

उसलाई जैतुनकाे पात लगाएर सहर परिक्रमा गराएकाे भन्ने कथन रहेकाे खेलाडी अमृतमान श्रेष्ठले बताए ।
अल्ट्रा म्याराथुन २४.५ लम्बाइ रहेकाे दाैडकाे लागि माघ १५ गते सम्म सहभागीले नाम दर्ता गराउनुपर्ने आयाेजकले जनाएको छ । र, नाम दर्ता इमेल तथा फाेनबाट पनि गर्न सकिनेछ ।
प्रतियोगितामा खुला तर्फ पहिलाे हुनेले १ लाख १० हजार दाेस्राे हुनेले ७५ हजार र त्यस्राे हुनेले ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथम ७० हजार, दाेस्राे ५० हजार र तेस्रोले ३० हजार पाउनेछन् ।
त्यसैगरि भाेटेकाेशी गाउँपालिका बासीतर्फ पहिलाेलाई ३० हजार,दाेस्राे हुनेलाई २० हजार र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको आयाेजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिने प्रत्येक खेलाडीकाे लागि दाैड अवधिभरकाे लागि ५ लाख बराबरको दुर्घटना बिमाकाे व्यवस्था गरिएको इन्द्रध्वजका सेनानी बस्नेतले जानकारी गराए ।

उक्त ट्रेल रेस प्रतियोगिता २०७७ फागुन २४ गतेबाट सुरुवात गरिएको हाे । उक्त स्थानमा प्रत्येक बर्ष पर्यटन प्रवर्द्धन र ऐतिहासिक चिनारीका लागि दाैड प्रतियोगिता हुँदै आएको छ ।

Leave a Reply