इन्द्रावती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

इन्द्रावती गाउँपालिकाको सातौँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष झम्क नेपालको सभाध्यक्षतामा सम्पन्न अधिवेशनबाट विभिन्न प्रस्तावहरु पारित गरेको छ । गाउँसभाले ईन्द्रावती गाउँपालिका शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । गाउँपालिकाका प्रवक्ता एवं ५ नं. वडाका अध्यक्ष शशिनाथ आचार्यले सभामा पेस गर्नुभएको उक्त प्रस्ताव सर्बसम्मतले पारित भएको हो ।

याेसँगै सभाले अन्य तीन प्रस्तावहरु पनि पारित भएको छ । आ.व. २०८१/०८२ को योजना तथा कार्यक्रम संशोधन, ईन्द्रावती गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ र विविध जानकारी तथा आधारभूत शिक्षा उत्तीर्ण (कक्षा–८) परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ पारित गरेको छ । उक्त प्रस्तावहरु क्रमशः उपाध्यक्ष सोभना तामाङ र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले सभामा पेश गर्नुभएको थियो । उक्त प्रस्तावहरु सभाका उपस्थित सबै सदस्यहरूको सहमतिमा पारित भएको गाउँपालिकाले जनाएको छ ।

साथै गाउँसभा अघि गाउँपालिकाले नेपाल पत्रकार महासंघको १२ औं अधिवेशन बाट निर्वाचित जिल्ला अध्यक्ष सहित पदाधिकारीहरु र हालसालै दक्षिण अफ्रिकाका लागि नियुक्त हुनुभएका राजदुत कपिल श्रेष्ठलाई सम्मान गरेको थियो ।

Leave a Reply