नवलपुर ।
ईन्द्रावती गाउँपालिकाले नवनियुक्त राजदुत र पत्रकारलाई सम्मान गरेको छ । ईन्द्रावती गाउँपालिकाको हिँउदे अधिवेशनको अवसरमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औं अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु साथै हालसालै दक्षिण अफ्रिकाका लागि नियुक्त हुनुभएका राजदुत कपिलमान श्रेष्ठलाई सम्मान गरेको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो ।
सो अवसरमा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पञ्चायति व्यवस्था फालेर गणतन्त्र ल्याउन पत्रकारले अहम भुमिका खेलेको चर्चा गर्नुभयो । गाउँपालिकाले कमि कमजोरी गरेको भए रचनात्मक आलोचना गरिदिन पत्रकारलाई उहाँले आग्रह गर्नुभयो । राम्रा कामको प्रचार गर्ने जिम्मा पनि तपाईहरूको हो नेपालले भन्नुभयो । राजदुत श्रेष्ठलाई गरिएको सम्मानले उहाँको योगदान र योग्यताको कदर भएको अध्यक्ष नेपालले बताउनुभयो ।
सम्मान ग्रहण पश्चात प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठले नवलपुरसंग आत्मीयता र पुर्खाको ईतीहास जोडीएको भन्दै आफ्नो पूर्खाको भूमीमा यो सफलताको खुसि साट्न पाउनु खुसिको कुरा भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष धुर्व दंगालले पत्रकार महासंघलाई नागरिकको अगुवा संस्था बनाउने प्रतिवद्वता व्यक्त गर्नुभयो । पत्रकारिता पेशालाई व्यवसायीक बनाउने र पत्रकारको क्षमता अभिबृद्वि गर्ने कुरामा आफु संधे लागीपर्ने उहाँको भनाई थियो ।