मेलम्ची ।
जुगल बचत तथा ऋण सहकारी संस्था लि. मेलम्ची ११ सिन्धुपाल्चोकको ३१ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष निरन श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सभामा कार्यक्रमका संयोजक जनकलाल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो ।

संस्थामा १६५ जना शेयर सदस्यहरू रहेका छन । जसमा महिला ७९ जना र पुरूष ८६ जना रहेका छन । सभामा कोषाध्यक्ष सुमित्रा देउजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाको आर्थिक बर्ष २०८०र०८१ मा जम्मा आम्दानी २२ लाख ५७ हजार ७ सय ५ रूपैयाँ रहेको देउजाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको ऋणमा व्याज आम्दानी १५ लाख ४ हजार ९ सय ३१ रहेको छ । अन्य आम्दानीमा ७ लाख ५२ हजार ७ सय ७४ रूपैयाँ रहेको छ । व्यय विवरणमा जम्मा खर्च २० लाख ९१ हजार ४ सय ९१ रूपैयाँ रहेको छ । संस्थाको नाफा १ लाख ६६ हजार २ सय १५ रहेको देउजाले जानकारी दिनुभयो । संस्थाको शेयर पूँजी १ करोड ८ लाख ८५ हजार ८ सय रूपैयाँ रहेको छ ।

साधारणासभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले बचतकर्ताको धितो सुरक्षित हुनेगरी काम गर्न सुझाव दिनुभयो । शेयर सदस्य थोरै भएपनि पुँजी धेरै रहेकोले सहकारी राम्रो रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले शेयर सदस्यहरू साधारणसभामा मात्र आउने गरेको भन्दै अन्य समयमा पनि सहकारीको बिषयमा शेयर सदस्यले चासो देखाउनुपर्ने धारणा राख्नुभयो । सहकारी बिज्ञ नै बोलाएर अतिथि बनाउँदा सहकारीको उद्देश्य र नितिको बारेमा ज्ञान पाउन सकिने भन्दै त्यसमा सहकारीले ध्यान दिन प्रधानले आग्रह गर्नुभयो । सहकारीको मूल्य मान्यता अनुरूप चल्नुस, शुभकामना छू, उहाँले भन्नुभयो ।
कार्यक्रममा मेलम्ची ९ का वडा अध्यक्ष किरणदिप खड्काले समुदायका पिर मर्का माथी सहकारीले ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी सहकारी बिचमा पारस्परिक सम्बन्ध हुनुपर्ने उहाँको भनाई छ । संस्थाको बचत र ऋण लगानीमा तालमेल मिल्नुपर्ने उहाँले सुझाव दिनुभयो । संस्थाको बचत निक्षेप ३१ लाख ९१ हजार ३ सय ६० रहेको छ । साथै ऋण लगानी १ करोड ३७ लाख २३ हजार ५ सय ५२ रहेको छ ।
मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले कुनै कुनै सहकारीले होटलको कोठामा बसेर साधारणसभा गरेको भन्दै सहकारीले सबैलाई समेट्नुपर्ने बताउनुभयो ।
शुभकामना सहकरीका अध्यक्ष रुद्रप्रसाद दुलालले सहकारी सहि ढंगले चल्नु पर्नेमा जोड दिनुभयो ।
साधारणसभाको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष निरन श्रेष्ठले सेयर सदस्यको सहयोगले नै सहकारी जिवित रहेको बताउनुभयो । संस्थालाई जिवन्त बनाउन सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । आगामी दिनमा सबैको सहयोग र समन्वय प्राप्त गर्ने उहाँको बिश्वास थियो । गत आर्थिक बर्षमा लिएको लक्ष्य हाँसिल गर्न सफल भएको उहाँले दावि गर्नुभयो ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव देवराज सुवेदिले गर्नुभएको थियो । कार्यक्रममा सेयर सदस्यहरू, समाजसेवि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।




