भुमि समस्या समाधान आयाेग सिन्धुपाल्चाेककाे विज्ञ सदस्यमा बालकृष्ण नेपाल

चाैतारा, भुमि समस्या समाधान आयाेग जिल्ला समिति सिन्धुपाल्चाेककाे विज्ञ सदस्यमा मेलम्ची नगरपालिका वडा नम्बर ५ का बालकृष्ण नेपाल नियुक्त हुनुभएकाे छ । मन्त्रीस्तरकाे निर्णयानुसार नेपाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नियुक्त गर्नुभएकाे हाे । नेपाल सरकारका पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले नेपाललाई विज्ञ सदस्यको रुपमा सिफारिस […]

Continue Reading

सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आगामी फागुन १८ बाट प्रतियोगिता हुने चौतारा टुँडिखेलमा तीन दिनसम्म चल्नेछ ।  जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको बैठकले सो निर्णय गरेको अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभयाे ।  उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहका विद्यार्थी खेलाडीहरूको सहभागिता रहने छ । पालिकास्तरीय रनिङ शिल्डमा पदक […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे नगर सभाकाे १७ औँ अधिवेशन सम्पन्न

रेडीयाे मिसन,मेलम्ची मेलम्ची नगरापालिकाकाे नगर सभाकाे १७ औँ अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ […]

Continue Reading

ज्योति भञ्ज्याङ् आविकाे ४१औं वार्षिकोत्सव सम्पन्न

श्री ज्योति भञ्ज्याङ् आधारभुत विद्यालय मेलम्ची -७ दुवाचौरको ४१औं वार्षिकोत्सव तथा २१औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर)ले विद्यालयलाई प्राविधियुक्त बनाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई राम्रो बनाउन अभिभावक , शिक्षक, विद्यार्थी सबैको उतिकै महत्त्वपूर्ण भुमिका हुने बताउँदै तामाङले क्षमतावान नागरिक […]

Continue Reading

सिन्धुपाल्चोकमा डढेलोले ८२ हेक्टर वन सखाप, सबैतिर आगो नियन्त्रणमा

डढेलोले जिल्लाको जुगल र भोटेकोशी गाउँपालिकाको माथिल्लो भेगका महत्त्वपूर्ण मानिएका वनक्षेत्र सुखाप भएसँगै आगलागी नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसंखु पाखर गाउँपालिका गरी आधा दर्जन वन क्षेत्रको ८२ हेक्टर वन डढेलोले सखाप पारेको छ । मानवीय क्षति नभएको र अहिले सबै […]

Continue Reading

माओवादी केन्द्र इन्द्रावतीको अध्यक्षमा देबेन्द्र प्रसाद दाहाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिकाको अध्यक्षमा देबेन्द्र प्रसाद दाहालचयन हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँपालिका सम्मेलनबाट अध्यक्षमा देबेन्द्र प्रसाद दाहाल निर्बिरोध निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा दिपक न्यौपाने, आसिश लामा, महिला उपाध्यक्ष चित्र कुमारी […]

Continue Reading

नेपाल भुतपुर्व सैनिक संघ बागमती प्रदेशको अध्यक्षमा मणिलोचन न्यौपाने

नेपाल भूतपूर्व सैनिक संघ, बागमती प्रदेशको अध्यक्षमा मणिलोचन न्यौपाने चयन हुनुभएको छ । शनिबार हिजो भएको प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ३९ जना सदस्यीय कार्यसमिति चयन गरेको हो । न्यौपाने सिन्धुपाल्चोक जिल्लाको नेपाल भुतपुर्व सैनिक संघको निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । अधिवेशनले महासचिवमा विनोद अधिकारी कोषाध्यक्षमा कुल बहादुर अधिकारी गरेको चयन गरेको छ । सदस्यमा भने […]

Continue Reading

मेलम्चीमा सोनाम ल्होछार २०८१ तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाल तामाङ घेदुङ मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्चीमा सोनाम ल्होछार २०८१ तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्य तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ,मेलम्ची ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ,एमाले नगर कमिटी अध्यक्ष उपेन्द्र तामाङ लगायतको […]

Continue Reading

थाक्लेमा रहेको बुद्ध पार्कमा बनेको बुद्ध मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

मेलम्ची नगरपालिका वडा नम्बर १२ थाक्लेमा रहेको बुद्ध पार्कमा बनेको बुद्ध मूर्तीको प्राण प्रतिष्ठा गरिएको छ । बौद्ध धर्मगुरु खेन्पो सर्वजित गोङबाले पूजा गरी प्राण प्रतिष्ठा गर्नुभएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले शान्तिको मार्ग बौद्धमार्ग भएको बताउनुभयो । संसार भरिका बुद्धधर्मालम्वीहरु तथा सम्पूर्ण शान्तिप्रेमी मानव जातिका लागि महत्त्वपूर्ण रहेको […]

Continue Reading

ज्यामिरेमानेमा सरकार विरुद्ध माओवादीको खबरदारी सभा

नेकपा माओवादीका उपमहासचिव एवम्  पूर्व मन्त्री एवं शक्ति बहादुर  बस्नेतले सरकार लोकतन्त्रको खिल्ली उडाउन तल्लीन भएको बताउँदै सरकार सांसदको भूमिकालाई खुम्च्याएर स्वेच्छाचारी  ढङ्गले चल्न खोजिरहेको आरोप लगाउनुभएको छ । शनिबार (आज) ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताउनुभयो ।  बस्नेतले […]

Continue Reading