आर्थिक वर्षको अन्तिममा परिणाम आउनेगरी काम गरिरहेका छौँ : सांसद तामाङ 

आर्थिक वर्षको अन्तिममा परिणाम आउनेगरी काम गरिरहेको बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताउनुभएकाे छ । हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नो भनाई राख्दै तामाङले चुनावी प्रतिवद्धताहरू पूरा गर्न शुरु गरिसकेकाे बताउनुभयो । निर्वाचित भएको १ वर्षमा आफ्नो क्षेत्रकाे प्रत्येक वडामा ३,४ करोड बजेट ल्याउन सफल भएको […]

Continue Reading

सरकारले हेलम्बुकाे व्यथा देखेन : पुर्व मन्त्री तामाङ 

सरकारले हेलम्बुकाे व्यथा नदेखेको पूर्व मन्त्री शेर बहादुर तामाङले बताउनुभएको छ । हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नो भनाइहरू राख्दै पूर्वमन्त्री तथा नेकपा एमालेका स्थाई कमिटी सदस्य तामाङले हेलम्बु – मेलम्चीको बाटो तहसनहस भएको र यस क्षेत्रमा सरकारले चासो नदेखाएको बताउनुभयो । “सरकारले काठमाण्डौमा पानीको धाराको टुटी खोल्यो तर […]

Continue Reading

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिद्वारा मन्त्री बस्नेत मार्फत सरकारको ध्यानाकर्षण

हेलम्बु , मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले आफ्ना मागहरूको विषयमा सरकारको ध्यानाकर्षण गरेको छ ।शनिवार समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागी तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची […]

Continue Reading

बिनोद नेपाल स्मृति फाउण्डेसनद्वारा इन्द्रेश्वरी माविका ५ विद्यार्थीलाई पुर्ण छात्रवृत्ति प्रदान

मेलम्ची । बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गर्नुभएकाे हो । कक्षा ९, १० र ११ मा […]

Continue Reading

मेलम्ची ९ स्थित दुप्चेश्वर सातधारा महादेव मन्दिरमा गरियाे बाेम्बाे (झाँक्री ) सम्मेलन

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नं ९ स्थित दुप्चेश्वर सात धारा महादेव मन्दिरमा मकर संक्रान्तिकाे अवसरमा बाेम्बाे (झाँक्री ) सम्मेलन गरिएकाे छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे । सम्मेलनमा नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ नेतृत्व टाेली, मनाेत्र झाँक्री नेतृत्व टाेली, छिमेकी पालिका र नगरका विभिन्न वडाका साथै स्थानीय […]

Continue Reading

तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्रको सुधारमा लाग्नु पर्छ : सांसद तामाङ

हेलम्बु गाउँपालिका वडा नम्बर -३ पाल्चोक स्थित जय बागेश्वरी माध्यमिक विद्यालयको ६१औँ वार्षिकोत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले  विद्यालयलाई आवश्यक  सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा पाल्चोकमा ९-१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट विनियोजन […]

Continue Reading

अवैध रूपमा कवाडी लोड भएको गाडी प्रहरीको नियन्त्रणमा 

मध्य पहाडी लोगमार्गबाट उठाइएको पुरानो ग्याबिन जाली लोड भएको गाडीलाई बाहुनेपाटी प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ३५७९ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्माणाधीन मध्य पहाडी लोक मार्गको लगभग १० हजार घन मिटर बराबरको पुरानो ग्याबिन जाली निस्कने अनुमान रहेको छ । कानुनी पक्रियाको बारेमा थप बुझ्नका लागि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले […]

Continue Reading

सिन्धुपुरानागाउँ माविको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न 

रेडियो मिसन, सिन्धुकोट श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धु कोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि एवं मेलम्ची नगरपालिकाकाका नगर प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५ औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल विद्यालयका […]

Continue Reading

गणपूरक सङ्ख्या नपुगेपछि इन्द्रावतीको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन स्थगित

गणपूरक सङ्ख्या नपुगेपछि इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशन स्थगित भएको छ । ५१ प्रतिशत सङ्ख्या आवश्यक पर्नेमा नपुगेपछि अर्को अधिवेशन माघ ७ गते ११ बजेलाई आह्वान गरिएको छ । मङ्सिर २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार गाउँ सभाको मिति तोकिएको थियो । पौष २५ गते बसेको बैठकमा केही कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि आज […]

Continue Reading

इलाका प्रहरी कार्यालय मेलम्चीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिकामा आइतबार प्रहरीको नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको कार्यप्रगति प्रस्तुती संगै नागरिकको गुनासो तथा सुझाव संकलन गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । प्रहरी सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी, निष्पक्ष, छिटो छरितो, चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने […]

Continue Reading