मेलम्ची नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, केही विद्यालयको सत-प्रतिशत उत्तीर्ण, समग्र उत्तीर्णदर ७९ प्रतिशत

मेलम्ची । मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्ये समग्रमा ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।नगरपालिकाका अनुसार कुल ५ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ४ सय ५३ जना उत्तीर्ण भएका छन् भने १ सय […]

Continue Reading

हेलम्बु–६ मा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि , सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना, हेलम्बु गाउँपालिका तथा लाइफ भर्सेस एडिक्सनको समन्वय /सहकार्यमा आयोजित कार्यक्रम आयोजना गरिएको हो । हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले एचआइभी/एड्सबारे समाजमा रहेको […]

Continue Reading

नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

नवलपुर । नवलपुर भ्याली स्कुल, इन्द्रावती–४ को वार्षिक उत्सव, अभिभावक दिवस, सम्मान तथा दीक्षान्त समारोह भव्यतापूर्वक सम्पन्न भएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका चार व्यक्तित्वलाई सम्मान गरिएको छ। कार्यक्रमका क्रममा असमान लोप्चन (कला), दीपक खत्री (पत्रकारिता), चन्द्र प्रसाद न्यौपाने (साहित्य) र मनोज सिङ (शिक्षा) […]

Continue Reading

शिक्षामा सुधारका लागि मेलम्ची–१० गर्‍यो महत्वपूर्ण शैक्षिक निर्णय, कक्षा ५ सम्म अंग्रेजी माध्यम लागू हुने

मेलम्ची । हिरादेवी आधारभूत विद्यालय, मेलम्ची–१० मा वडा शिक्षा समिति मेलम्ची–१० को आयोजनामा महत्वपूर्ण शैक्षिक बैठक सम्पन्न भएको छ । बैठकले शैक्षिक सत्र २०८३ देखि कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका सबै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यस निर्णयले स्थानीय तहको शिक्षालाई प्रतिस्पर्धी, आधुनिक र प्रभावकारी बनाउने विश्वास गरिएको वडा […]

Continue Reading

इन्द्रावतीमा पुनरुत्थान उत्सवका अवसरमा सरसफाइ तथा प्रभातफेरी

नवलपुर । Easter (जेसस क्राइस्टको पुनरुत्थान दिवस) को अवसर पारेर इन्द्रावती गाउँपालिका इसाई एकता समाजले आज नवलपुर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम तथा प्रभातफेरी आयोजना गरेको छ। “पुनरुत्थान उत्सव” लेखिएको ब्यानरसहित स्थानीय इसाई धर्मावलम्बीहरू नवलपुर बजार क्षेत्रमा भेला भई सरसफाइ अभियान सञ्चालन गर्नुका साथै प्रभातफेरीमार्फत पुनरुत्थानको सन्देश फैलाएका थिए। कार्यक्रममा करिब १५० जना इसाई धर्मावलम्बीहरूको सहभागिता […]

Continue Reading

पाल्चोक मन्दिर क्षेत्रमा रक्तदान, प्रेम सागर कर्माचार्यले गरे १८६ औँ पटक रगत दान

पाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा उल्लेखनीय रूपमा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्तिका रूपमा परिचित प्रेम सागर कर्माचार्यले पनि सहभागिता जनाउँदै रक्तदान गर्नुभयो । कर्माचार्यले आजसम्म […]

Continue Reading

पञ्चकन्या आधारभूत विद्यालयको ४५ औँ वार्षिकोत्सव सम्पन्न 

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिका वडा नं ८ मा रहेको श्री पञ्चकन्या आधारभूत विद्यालयको ४५ औँ वार्षिक उत्सव सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच विद्यालयले वार्षिक उत्सव मनाएको हो।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा वडा नम्बर ८ का वडा अध्यक्ष डीलबहादुर श्रेष्ठको प्रमुख आतित्यता रहेको थियो। साथै कार्यक्रममा वडा […]

Continue Reading

शैक्षिक उपलब्धिका लागि सबैको साझा दायित्व आवश्यक : नगरप्रमुख आइतमान तामाङ

मेलम्ची । मेलम्ची नगरप्रमुख आईतमान तामाङले शैक्षिक उपलब्धि हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैकाे उत्तिकै दायित्व रहेकाे बताउनुभएकाे छ । मेलम्ची -९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिक उत्सव तथा अभिभावक भेलाकाे उद्घाटन गर्दै विद्यालयकाे स्पष्ट मार्ग चित्रले मात्र शैक्षिक र भाैतिक उपलब्धि हासिल हुन सक्ने बताउनु भएकाे हाे । उहाँले मेलम्ची […]

Continue Reading

ईन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ सम्पन्न : राजेश्वरीको दबदबा कायमै, सातौँ पटक च्याम्पियन

इन्द्रावती गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राजेश्वरी माध्यमिक विद्यालयले उचालेको छ। राजेश्वरी माविले ८ स्वर्ण पदक जित्दै लगातार सातौँ पटक च्याम्पियन बन्दै आफ्नो दबदबा कायमै राखेको हो। उपाधिसँगै राजेश्वरी माविले लगातार छैटौँ पटक रनिङ शिल्ड समेत आफ्नो कब्जामा राख्न सफल भएको छ। प्रतियोगिताको समग्र विजेता बन्दै विद्यालयले नगद तीन लाख रुपैयाँ पुरस्कार […]

Continue Reading

इन्द्रावतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु: खेल र शिक्षाको विकासमा जोड

​सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा ७ औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ। वडा नम्बर १० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयद्धारा आयोजित प्रतियोगिताको औपचारिक उद्घाटन आज गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गमलामा पानी हालेर प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष नेपालले खेलकुद र शिक्षा एकअर्काका […]

Continue Reading