२५६८ औं बुद्ध जयन्तीको अवसरमा गिरान्चाैरमा धार्मिक प्रवचन

गिरान्चाैरमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको नम्डोलली· सा· गुम्बाको आयोजनमा धार्मिक प्रवचन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन दिनुभएको हो । कार्यक्रम […]

Continue Reading

अबको आबश्यकता आर्थिक समृद्धि हुने खालको कार्यक्रम : उपप्रमुख प्रधान

रेडियो मिसन ।मेलम्चीमा सञ्चालित दुई दिने दलित हक र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची नगरस्तरीय दलित साझा संजालको आयोजनामा कार्यक्रम गरिएको हो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले आर्थिक समृद्धि हुने प्रकृतिका कार्यक्रम अबको आबश्यकता रहेको बताउनुभयो । […]

Continue Reading

एमाले ईन्द्रावतीकाे दाेस्राे अधिवेशनबाट निर्वाचित कमिटीकाे सपथ ग्रहण सम्पन्न

नेकपा एमाले ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिवार शपथ ग्रहण गरेका छन । नवनिर्वाचित अध्यक्ष डबले लामालाई प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद सापकाेटा र अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष लामाले शपथ ग्रहण गराउनुभएकाे हाे । दाेस्राे अधिवेशनबाट निर्वाचित पालिका कमिटिका ४ पदाधिकारी तथा ५३ सदस्यलाई लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे […]

Continue Reading

आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरस्तरीय दलित साझा सञ्जालकाे आयोजनामा २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय-आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो । हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के […]

Continue Reading

नवलपुरमा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकला तालिम सम्पन्न

ईन्द्रावती ४ मा हस्तकला सामाग्री बनाउने तालिम सम्पन्न भएकाे छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेड्पा)को आर्थिक सहयोग र ईन्द्रावती गाउँपालिकाकाे आयाेजनामा वडा नं ४ मा तालिम गरिएकाे हाे । १ महिने सीप विकास तालीममा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकलाका सामग्रीहरु बनाउन सिकाइएकाे वडा नं ४ का सचिव मदन कुमार भट्टराईले जानकारी दिनुभयाे […]

Continue Reading

मेलम्चीबाट भाेताङ जाँदै गरेकाे बाेलेराे लाँगर्चेमा दुर्घटना

मेलम्चीबाट पाँचपाेखरी ३ भोताङ जाँदै गरेकाे बोलेरो पाँचपाेखरी -८ लाँगर्चेमा दुर्घटना भएको छ । पसलको सामान बोकेर भोताङ तर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो लागर्चेको आँगेडाँडोमा दुर्घटना भएको प्रहरी चौकि खाल्डेका प्रहरी हवल्दार जयराम काफ्लेले जानकारी दिनुभयाे । बोलेरोमा सवार ४ जना सकुसल रहेको बताइएकाे छ । बोलेको करिव ३० मिटर तल […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा बजारमा खुल्ला रुपमा खानेकुरा बेच्न रोक

मेलम्ची नगरपालिकाले खुल्ला रुपमा राखेका पसलहरु हटाएको छ । मेलम्ची बजारमा खुल्ला ठाँउमा सडक पेटीमा अस्थायी पसल राखी मिठाई बेचिरहेकाहरुलाई नगरपालिकाले हटाएको हो । धुँवाधुलोको विचमा राखेर बेचिएका मिठाई लगाएतका खानेकुराहरुले नागरीकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले हटाईएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयो । केहीलाई सचेत गराई छाडेको र केहीको सामान जफत […]

Continue Reading

तालामाराङका किसानलाई अनुदानको कृषि सामाग्री बितरण

रेडियो मिसन ।मिनिटिलर बितरण तथा र्मात तालिम मेलम्चीमा सम्पन्न भएको छ । तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर ६ र मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमको आर्थिक बर्ष २०७९/८० मा संचालित मकै पकेट निरन्तरता कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिलिटर वितरण तथा मिनिलिटर प्रयोग […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको ७ माध्यमिक विद्यालयले पायाे नँया प्रधानाध्यापक

इन्द्रावती गाउँपालिकाले ७ वटा माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ उम्मेदवारहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको गाउँपालिकाका सुचना प्रविधी अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो । गाँउपालिकाको वडा नम्बर २ मा रहेको श्री महेन्द्र माविमा बद्री बहादुर तामाङ, वडा नम्बर ७ मा रहेको राजेश्वरी माविमा सुदर्शन पराजुली, वडा नम्बर ९ मा […]

Continue Reading

बाँडेगाउँमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्र

इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, नवलपुर अस्पताल, फेयरमेड र महीला आत्म निर्भरता केन्द्र (MANK) काे सहयोगमा ईन्द्रावती ६ काे बाँडेगाउँ स्वस्थ्य चाैकीमा क्षयराेग तथा कुष्ठराेग स्क्रीनिङ शिबिर सम्पन्न भएकाे छ । शिविरमा सामान्य चेकजाँच गराउने २ सय १५ जना, क्षयराेगकाे परीक्षणका लागि ४५ जनाकाे खकार संकलन गरीएकाे गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी […]

Continue Reading