सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा नि:शुल्कु शिक्षा लागु गरियो, शुल्क लिए कारवाही गरिने

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ ।संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानमा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो ।गाउँ शिक्षा समितिको […]

Continue Reading

२५६८ औं बुद्ध जयन्तीको अवसरमा गिरान्चाैरमा धार्मिक प्रवचन

गिरान्चाैरमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको नम्डोलली· सा· गुम्बाको आयोजनमा धार्मिक प्रवचन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन दिनुभएको हो । कार्यक्रम […]

Continue Reading

क्यौरानीमा टोल स्तरीय भलिबल प्रतियोगिता हुँदै, बिजेतालाई खसी उपहार

रेडियो मिसन ।मेलम्ची ८ क्यौरानीमा फेरी भलिबल प्रतियोगिता हुने भएको छ । एक महिना अघि मात्रै एक लाख पुरस्कार राशीको जिल्ला स्तरीय भलिबल प्रतियोगिता भएको क्यौरानीमा बुद्ध जयन्तीको अवसर पारेर टोल स्तरीय प्रतियोगिता हुन लागेको हो । स्याङबोखोर टोल समितिको आयोजनामा यहि जेठ १० गते जलवाई देवी माध्यमिक बिद्यालयको प्राङ्गणमा खेल गर्न लागेको आयोजक समितिका […]

Continue Reading

अबको आबश्यकता आर्थिक समृद्धि हुने खालको कार्यक्रम : उपप्रमुख प्रधान

रेडियो मिसन ।मेलम्चीमा सञ्चालित दुई दिने दलित हक र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची नगरस्तरीय दलित साझा संजालको आयोजनामा कार्यक्रम गरिएको हो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले आर्थिक समृद्धि हुने प्रकृतिका कार्यक्रम अबको आबश्यकता रहेको बताउनुभयो । […]

Continue Reading

सिन्धुपाल्चाेकबाट तेक्वान्दो पुम्सेमा ४ जना राष्ट्रिय निर्णायकमा

नेपाल तेक्वान्दो संघद्वारा जेष्ठ ३ देखि ५ गतेसम्म आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद प्रशिक्षक तथा हिराहरि तेक्वान्दो डोजाङ्ग प्रमुख रमेश गुरुङसहित ४ जना पुम्सेकाे राष्ट्रिय निर्णायक बन्न सफल भएका छन् । गुरुङ सहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङले पनि […]

Continue Reading

एमाले ईन्द्रावतीकाे दाेस्राे अधिवेशनबाट निर्वाचित कमिटीकाे सपथ ग्रहण सम्पन्न

नेकपा एमाले ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिवार शपथ ग्रहण गरेका छन । नवनिर्वाचित अध्यक्ष डबले लामालाई प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद सापकाेटा र अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष लामाले शपथ ग्रहण गराउनुभएकाे हाे । दाेस्राे अधिवेशनबाट निर्वाचित पालिका कमिटिका ४ पदाधिकारी तथा ५३ सदस्यलाई लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे […]

Continue Reading

वाइसीएलकाे प्रशिक्षण सम्पन्न, समय अनुसार अघि बढ्न नेताहरुकाे आग्रह

नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाइसीएल नेपाल सिन्धुपाल्चोकले चाैतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । ” उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिस्चित गरौ” भन्ने मुलनारा दिएर वाइसीएलले चाैतारामा कार्यक्रम गरेकाे हाे । वाइसीएलले गरेकाे कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्र पार्टी केन्द्रीय सदस्य […]

Continue Reading

आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरस्तरीय दलित साझा सञ्जालकाे आयोजनामा २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय-आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो । हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के […]

Continue Reading

चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास

रेडियो मिसन ।सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले समयमै काम सम्पन्न गराउन लागी स्थानीयलाई उल्लेख्य सुधार गर्न आग्रह गर्नुभयो । […]

Continue Reading

मेलम्चीमा सम्पन्न महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिए

रेडियो मिसन ।मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा भएको निशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन् । आज भएको शिविरमा २१० आङ खस्ने रोगको समस्या भएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको,पाठेघरको सल्यक्रिया गर्नुपर्ने २० जना, ३१० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको संकाश्पद भेटिएको […]

Continue Reading