ईन्द्रावतिबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

ईन्द्रावती गाँउपालिकाबाट माध्यमिक शिक्षा परीक्षा SEE मा सहभागिमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाँउपालिकाले सम्मान गरेको छ । आज गाउँ सभाको दोस्रो बैठकमा विद्यार्थीहरुलाई नगद सहीत सम्मान गरीएको हो । सम्मानित हुनेमा श्री सिंहमति माध्यमिक विद्यालयबाट ३.५३ जिपिए ल्याउने राजन तामाङ र श्री चण्डेश्वरी माध्यमिक विद्यालयबाट ३.५० जिपिए ल्याउने गिता तोलाङ्गे रहनुभएको छ । दुवैजनालाई सम्मानपत्रकाे […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले यस वर्ष कुल बजेटको ८२ दशमलव २७ प्रतिशत खर्च गर्यो

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकाकले यस आर्थिक वर्ष समग्रमा ८२ दशमलव २७ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कुल वार्षिक योजना तथा कार्यक्रम एवं बजेट ८५ करोड १० लाख ९५ हजार रुपैयाँ मध्ये ७० करोड २ लाख ६५ हजार रुपैया खर्च गरेको हो । जसमा पुँजीगत तर्फ २७ करोड ८९ लाख (८५.४९%) […]

Continue Reading

अविरल वर्षाका कारण पहिरोले रुख ढलेर भोटेनाम्लाङमा २ घरमा क्षती

रेडियो मिसन ।हिजो देखि परेको अविरल वर्षाका कारण पहिरोले रुख ढलेर पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङमा २ घरमा क्षती गरेको छ । वडा स्थित ईश्वर गिरी र ओम गिरीकाे दुईवटा घरमा क्षती पुगेको हो । वडा नं ७ का वडा अध्यक्ष सुके तामाङका अनुसार एउटा घर पुर्ण रूपमा क्षति भएको बताइएको छ । […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

रेडियो मिसन ।मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८०, बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि नगरपालिकाले एसईईमा ३.६ भन्दा बढी जिपिए ल्याउने ३२ जना विद्यार्थी र २ […]

Continue Reading

ईन्द्रावतीमा सडक छेउमा मेन्दोलको बीउ रोपियो

रेडियो मिसन ।ईन्द्रावती गाउँपालिकामा घाँसको बीउ रोपिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ डडुवाखर्क स्थित बाला देबि स्वावलम्बी महिला समूहका सदस्यहरुले गाउँपालिकामा रहेको रंगशाला छेउदेखी जिरोकिलो साम्म सडकको छेउमा मेन्दोला जातका घाँसको बीउ रोपिएको समुहका सचिव सुस्मिता तामाङले जानकारी दिनुभयो । गाउँपालिकाको सहजीकरणमा हेफर प्रोजेक्ट नेपालको सहयोगमा प्राप्त मेन्दोला र भटमासे जातका बहुबर्से घाँसको […]

Continue Reading

मेलम्ची नगरपालिकाका सबै वडाहरूको पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा

रेडियो मिसन ।“स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागीता –पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिका शोमवारबाट पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएको छ । मेलम्ची नगरपालिका भित्रका १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुले सम्पूर्ण खोप पूरा गरेका छन् । नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र ५३४ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त […]

Continue Reading

फ्यानसेपको ईन्द्रावती गाउँपालिका स्तरीय आयोजना समापन, हस्तान्तरण गरियो दस्तावेज

रेडियो मिसन ।खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)को ईन्द्रावती गाउँपालिका स्तरीय आयोजना समापन भएको छ । बहु सरोकारवाला सम्वाद मंच (MSDP) को बैठक बसी पालिकालाई आयोजनाका दस्तावेजहरु समेत हस्तान्तरण गरिएको छ ।नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई, चौतारा सिन्धुपाल्चोकको पाँच बर्षे आयोजना समापन भएको […]

Continue Reading

मेलम्ची नगर प्रमुखको नेतृत्वमा मेलम्ची भोताङ सडक खण्ड सुचारु

गएरातीको बर्षाका कारण अवरुद्ध भएको मेलम्ची भोताङ सडकखण्ड सुचारु भएको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा मकैबारी खण्डमा आएको पहीरो हटाई सडक सुचारु भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको नेतृत्वमा पुगेको टोलिले नगरको स्काभेटरको सहयोगमा २ घण्टा पछि सडक सुचारु भएको हो । सो सडकखण्ड सुचारु नहुंदा पाँचपोखरी थाङ्पाल गाँउपालिकाका नागरीकहरुलाई […]

Continue Reading

आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन,आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लि.को आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो । सिन्धुप्रेस मिडिया प्रा. लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको […]

Continue Reading

इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटियो

रेडियो मिसन । इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटिएको छ । स्थानिय दिपेन्द्र श्रेष्ठ र कमल श्रेष्ठले मेलम्ची खोला र इन्द्रावती खोलाको दोभानमा करिब २० किलो भन्दा बढी तौल भएको भाले रतुवा मृग घाइते अवस्थामा देखेपछी इलाका बन कार्यलय मेलम्चीमा खबर गरेका थिए । अगाडी खुट्टाको कुइनामा गहिरो घाउ भएको र नाक तथा मुखबाट रगत […]

Continue Reading