मेलम्ची नगरपालिकाका गृहिणी महिलालाई मौरीपालन तालिम

मेलम्ची, मेलम्ची नगरपालिकाका ४० जना गृहिणी महिलालाई १५ दिने मौरीपालन तालिम दिइएको छ । गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका वडा न.९ र वडा नं ६ का गरि ४० जना गृहिणी महिलालाई मौरिपालन तालिम दिइएको हो । बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत सामाजिक बिकास कार्यालय काभ्रेपलान्चोक र मेलम्ची नगरपालिकाको लागत साझेदारिमा सो […]

Continue Reading

बाढीप्रभावित क्षेत्रको पुननिर्माणको लागि मेलम्ची नगरपालिकाको मुख्यमन्त्रीसंग आग्रह

मेलम्ची, बाढीप्रभावित क्षेत्रको पुननिर्माणको लागि मेलम्ची नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासंग आग्रह गरेको छ । मेलम्ची नगरपालिकाद्वारा बिहिवार (आज) आयोजित मेलम्चीको विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतका जनप्रतिनिधि तथा मेलम्चीका स्थानियले बाढीपछिको क्षतिग्रस्त मेलम्चीको पुननिर्माणको लागी प्रदेश सरकार समक्ष माग राख्नुभएको हो । सो कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले […]

Continue Reading

तीन हजार आठ सय मिटरको उचाइमा रहेकाे आमा याङ्ग्रीको चुचुरोमा योग साधना

पतञ्जली नगर योग समिति मेलम्चीको आयोजनामा दुई दिने योग पदयात्रा कार्यक्रम सम्पन्न भएको छ। समुद्र सतहबाट तिन हजार आठ सय मिटर उचाईको मेलम्ची बजारबाट सोमबार सुरु भएको पदयात्रा ३ हजार आठ सय मिटर उचाईको धार्मिक एवं पर्यटकीय स्थल आमा याङ्ग्रीसम्म सञ्चालन गरिएको हो। यात्राका क्रममा सहभागीहरुले आमा याङ्गरीको प्राङ्गणमा सूर्योदयको समय पारेर योग अभ्यास गरेका […]

Continue Reading

आव २०८२/०८३ को लागि संघीय अनुदान सिन्धुपाल्चोकका कुन स्थानीय तहलाई कति ?

आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । राष्ट्रिय प्राकृतिक श्राेत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना सर्त तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न […]

Continue Reading

नवलपुरमा आयोजित बृहत स्थास्थ्य शिविरमा ५९८ लाभान्वित

नवलपुर, ईन्द्रावती गाउँपालिका वडा नं. ४ को आयोजना काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ९८ ले सेवा लिएका छन् । शिविरको सह–आयोजक रोटरी क्लब अफ महाराजगंज काठमाण्डौ रहेको थियो । कार्यक्रम बिरामीलाई टिकट वितरण गर्दै सुरुवात गरीएको थियो । नवलपुर माध्यमिक विद्यालयमा भएको शिविरमा प्रमुख अतिथी पूर्व गाँउपालिका अध्यक्ष वंशलाल तामाङले […]

Continue Reading

महिला अधिकार स्थापनार्थ नारी वर्गको संघर्ष र आन्दोलनको अहम् भूमिका छ : उपप्रमुख थापा

चौतारा ।चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले महिला अधिकार स्थापनार्थ आम नारी वर्गको संघर्ष र बिबिध आन्दोलनको अहम भूमिका रहेको बताउनुभएको छ । ११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा उपप्रमुख थापाले चौतारा नगरपालिकाले महिला तथा वालवालिकाको क्षेत्रमा आवश्यक बजेट बिनियोन गरि कार्यन्वयन गर्दै […]

Continue Reading

ईन्द्रावतीमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ईन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा १२ वटै वडाबाट महिला उद्यमीहरुले उत्पादन गरेका तरकारी , खाद्यान्न , कपडा, जडिबुटि लगायत स्टल राखिएको थियो ।उनिहरुलाई पालिकाले नगद सहित सम्मान समेत गरिएको थियो । त्यस्तै उत्कृष्ट स्टलको रुपमा वडा […]

Continue Reading

सबै मिलेर मात्र विपद न्यूनीकरण गर्न सकिन्छ: गृह सचिव दुवाडी

मेलम्ची : गृह सचिव गोकर्णमणी दुवाडीले सबैको साथ सहयोगले मात्र विपद न्यूनीकरण र यसको सामना गर्न सकिने बताउनुभएको छ । शनिबार मेलम्ची नगरपालिकामा आयोजित ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ सचिव दुवाडिले विपद टार्न सक्दैनौ तर हामि सबै मिलेर न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले विपद पछि दुख मानेर बस्नु भन्दा […]

Continue Reading

मेलम्चीका जनप्रतिनिधि र कर्मचारी बीचकाे मैत्रीपूर्ण  फुटबलमा कर्मचारी टिम विजयी

११५औं   अन्तर्राष्ट्रिय  नारी दिवसकाे अवसरमा महिला जनप्रतिनिधि र कर्मचारी बीचकाे मैत्रीपूर्ण  फुटबल खेलमा कर्मचारी टिम ३-२ ले विजयी भएको छ । हाजिरिजबाफमा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार र तेस्रो हुनेलाई ६ हजार र प्रमाणपत्र  भोलि प्रदान गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै मेलम्ची नगरपालिकाद्वारा आयाेजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय […]

Continue Reading

११५औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा मेलम्चीमा आयाेजित हाजिरिजवाफमा तेर्से मावि पहिलो

११५औं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा मेलम्ची नगरपालिकाद्वारा आयाेजित हाजिरिजवाफ प्रतियोगितामा ३१ अंक सहित तेर्से माध्यमिक विद्यालय मेलम्ची -६ पहिलो भएको छ । त्यस्तै २५अंक सहित सिन्धुपुराना गाउँ माध्यमिक विद्यालय मेलम्ची -५ दोस्रो २२ अंक सहित नगरपालिका कर्मचारी टिम तेस्रो भएको नगरपालिकाका महिला बालबालिका तथा समाबेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । प्रतियोगितामा ७ टिम […]

Continue Reading