मेलम्चीमा तामाङ भाषामा पढाई हुने

रेडियो मिसन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताउनुभएको […]

Continue Reading

ऐसेलुखर्क माबिमा शुभकामना आदान-प्रदान एवम् अभिनन्दन कार्यक्रम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान एवम् बिद्यालयका पुर्व व्यस्थापाक, प्रशासक, शिक्षक र बिशेष क्षेत्रमा उत्कृष्ठता हासिल गरेका पूर्व विद्यार्थी तथा बिशेष सहयोगी व्यक्ति र सामाजिक संस्थाहरुको लागि अभिनन्दन गरेको छ । बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालको प्रमुख […]

Continue Reading

अभयानन्दको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न

अभयानन्द शिक्षा क्याम्पसको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । आज एक कार्यक्रम आयोजना गरी क्याम्पसले बार्षिकोत्सव तथा साधारण सभा गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाँउठाँउमै क्याम्पस हुनु गौरवको विषय भएको बताउनुभएको छ । क्याम्पस सुरुवात गर्न पहल गर्नुहुने सबैप्रति […]

Continue Reading

सरस्वती मावि बचाउन पुर्व विद्यार्थीहरुको अभियान शुभारम्भ

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको श्री सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेको छ । बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयको भौतिक संरचना समेत बगाउने अबस्थामा पुगेपछि सो विद्यालय जोगाउनका लागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न […]

Continue Reading

सिन्धु युएस वेलफेयरद्धारा एसइईमा उत्कृष्ठ पाँच विद्यार्थीलाई सम्मान

सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् । अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई […]

Continue Reading

राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाललाई पुरस्कृत गरीने भएको छ । ‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा देशभरबाट १६७ जना सम्मानित हुँदा सिन्धुपाल्चोकबाट लामा र नेपाल सम्मानित हुन लाग्नुभएको हो । हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक लामाले सो बोर्डिङमा गरेको योगदानका आधारमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । […]

Continue Reading

सार्बजनिक बिदाको दिन नभनि पठनपाठन पुरा गर्ने छौं : खतीवडा

नेपाल शिक्षक महासघं सिन्धुपाल्चोकका अध्यक्ष कुमार प्रसाद खतीवडाले आन्दोलनमा सहभागी हुन सबैमा अनुरोध गर्नूभएको छ । असोज ३ देखि विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुको तयारी रहेको छ । खतिवडाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत १० वटा बुंदामा सुझाव सहीत आन्दोलनमा सहभागि हुन सबैलाई आग्रह गर्नुभएको हो । उहाँका दश सुझाव जस्ताको तस्तै : १. […]

Continue Reading

नवलपुर भ्याली स्कुलले र्याली सहित राष्ट्रिय बाल दिवस मनायो

रेडियो मिसन ।राष्ट्रिय बाल दिवस नवलपुर भ्याली स्कुलले बिशेष कार्यक्रम गरी मनाएको छ । स्कुलले र्याली सहित बिबिध साँस्कृकि कार्यक्रम तथा पुरष्कार बितरण गरी मनाएको हो । बिद्यालयले बालमैत्री शासन बाल अधिकारको सम्मान, बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी लगायतका प्लेकार्ड सहित बिद्यालय देखी गाउँपालिका भवनसम्म र्याली निकालिएको थियो । बिद्यार्थी शिक्षक अबिभावक लगायतको सहभागी र्याली […]

Continue Reading

महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन संस्थापक बिष्णु गिरी र हितमान लामालाई प्रमुख अतिथि र विषेश अतिथिको हातबाट केक खुवांउदै गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि […]

Continue Reading

राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न

ईन्द्रावति गाउँपालिकाको वडा नम्बर ७ मा रहेको श्री राजेश्वरी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी विद्यालयले आफ्नो ६१ औं बार्षिकोत्सव मनाएको हो । कर्यक्रममा बोल्दै प्रमुख अतिथि बागमति प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलालले विद्यालय अरूजस्तो नभई आफ्नै तरीकाले अधि बढ्नुपर्ने बताउनुभयो । अरुको सिको गर्ने तर आफ्नो […]

Continue Reading