सुनकोशी गाउँपालिकाका सामुदायिक विद्यालयमा नि:शुल्कु शिक्षा लागु गरियो, शुल्क लिए कारवाही गरिने

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाले चालु शैक्षिक सत्र देखि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ ।संघीय सरकारले कक्षा–१ देखि १० सम्म निःशुल्क भनेपनि सामुदायिक विद्यालयहरुले विभिन्न वहानमा विद्यार्थीहरुसँग शुल्क लिइरहेको अभिभावकहरुले गुनासो गरेपछि गाउँपालिकाले कक्षा–१ देखि १२ सम्म कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको हो ।गाउँ शिक्षा समितिको […]

Continue Reading

२५६८ औं बुद्ध जयन्तीको अवसरमा गिरान्चाैरमा धार्मिक प्रवचन

गिरान्चाैरमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको नम्डोलली· सा· गुम्बाको आयोजनमा धार्मिक प्रवचन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रवचक जेचुन सा·े खाण्डो रिम्पोर्छे, प्रपचक खेन्पो पाल्साङ नोर्बु बोम्जनले बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन दिनुभएको हो । कार्यक्रम […]

Continue Reading

अबको आबश्यकता आर्थिक समृद्धि हुने खालको कार्यक्रम : उपप्रमुख प्रधान

रेडियो मिसन ।मेलम्चीमा सञ्चालित दुई दिने दलित हक र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची नगरस्तरीय दलित साझा संजालको आयोजनामा कार्यक्रम गरिएको हो । समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले आर्थिक समृद्धि हुने प्रकृतिका कार्यक्रम अबको आबश्यकता रहेको बताउनुभयो । […]

Continue Reading

एमाले ईन्द्रावतीकाे दाेस्राे अधिवेशनबाट निर्वाचित कमिटीकाे सपथ ग्रहण सम्पन्न

नेकपा एमाले ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शनिवार शपथ ग्रहण गरेका छन । नवनिर्वाचित अध्यक्ष डबले लामालाई प्रमुख निर्वाचन अधिकृत शारदा प्रसाद सापकाेटा र अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष लामाले शपथ ग्रहण गराउनुभएकाे हाे । दाेस्राे अधिवेशनबाट निर्वाचित पालिका कमिटिका ४ पदाधिकारी तथा ५३ सदस्यलाई लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे हाे […]

Continue Reading

आय आर्जनको काममा ध्यान दिन नगर प्रमुख तामाङको आग्रह

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयआर्जनसंग सम्बन्धित काममा लाग्न आग्रह गर्नुभएको छ । नगरस्तरीय दलित साझा सञ्जालकाे आयोजनामा २ दिने दलित हक र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमको शनिबार उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तामाङले सिपमुलक तालिम लिएर आय-आर्जनका काममा लाग्नेलाई नगरले सहयोग गर्ने बताउनुभयो । हरेक वडा सदस्य तथा कार्यपालिकामा रहेका सदस्यहरुले दलित अधिकारका लागि के […]

Continue Reading

नवलपुरमा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकला तालिम सम्पन्न

ईन्द्रावती ४ मा हस्तकला सामाग्री बनाउने तालिम सम्पन्न भएकाे छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेड्पा)को आर्थिक सहयोग र ईन्द्रावती गाउँपालिकाकाे आयाेजनामा वडा नं ४ मा तालिम गरिएकाे हाे । १ महिने सीप विकास तालीममा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकलाका सामग्रीहरु बनाउन सिकाइएकाे वडा नं ४ का सचिव मदन कुमार भट्टराईले जानकारी दिनुभयाे […]

Continue Reading

मेलम्चीबाट भाेताङ जाँदै गरेकाे बाेलेराे लाँगर्चेमा दुर्घटना

मेलम्चीबाट पाँचपाेखरी ३ भोताङ जाँदै गरेकाे बोलेरो पाँचपाेखरी -८ लाँगर्चेमा दुर्घटना भएको छ । पसलको सामान बोकेर भोताङ तर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो लागर्चेको आँगेडाँडोमा दुर्घटना भएको प्रहरी चौकि खाल्डेका प्रहरी हवल्दार जयराम काफ्लेले जानकारी दिनुभयाे । बोलेरोमा सवार ४ जना सकुसल रहेको बताइएकाे छ । बोलेको करिव ३० मिटर तल […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा बजारमा खुल्ला रुपमा खानेकुरा बेच्न रोक

मेलम्ची नगरपालिकाले खुल्ला रुपमा राखेका पसलहरु हटाएको छ । मेलम्ची बजारमा खुल्ला ठाँउमा सडक पेटीमा अस्थायी पसल राखी मिठाई बेचिरहेकाहरुलाई नगरपालिकाले हटाएको हो । धुँवाधुलोको विचमा राखेर बेचिएका मिठाई लगाएतका खानेकुराहरुले नागरीकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले हटाईएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयो । केहीलाई सचेत गराई छाडेको र केहीको सामान जफत […]

Continue Reading

तालामाराङका किसानलाई अनुदानको कृषि सामाग्री बितरण

रेडियो मिसन ।मिनिटिलर बितरण तथा र्मात तालिम मेलम्चीमा सम्पन्न भएको छ । तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर ६ र मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमको आर्थिक बर्ष २०७९/८० मा संचालित मकै पकेट निरन्तरता कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिलिटर वितरण तथा मिनिलिटर प्रयोग […]

Continue Reading

इन्द्रावती गाउँपालिकाको ७ माध्यमिक विद्यालयले पायाे नँया प्रधानाध्यापक

इन्द्रावती गाउँपालिकाले ७ वटा माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ठ उम्मेदवारहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको गाउँपालिकाका सुचना प्रविधी अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो । गाँउपालिकाको वडा नम्बर २ मा रहेको श्री महेन्द्र माविमा बद्री बहादुर तामाङ, वडा नम्बर ७ मा रहेको राजेश्वरी माविमा सुदर्शन पराजुली, वडा नम्बर ९ मा […]

Continue Reading