राष्ट्रपति रनिङशील मेलम्ची १८ स्वर्णको छिनोफानो

शनिबारबाट सुरु भएको मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको दोस्रो दिनमा आइपुग्दा शीतलादेवी मावि ४ स्वर्ण दुई रजत र चार काश्यको साथमा १० पदक सहित सबैभन्दा अगाडि रहेको छ। त्यस्तै दोस्रो नम्बरमा रहेको बतासे मावि ले ४ स्वर्ण एक रजत र एक काश्य सहित ६ पदक हात पारेको छ। तीन स्वर्ण ५ रजत र १ […]

Continue Reading

इन्द्रावती गाउँपालिकामा एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण सम्पन्न

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभि अभियान २०८१ सम्बन्धी पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले यस अभियान सिन्धुपाल्चोक जिल्लामा यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था र यो खोप किन […]

Continue Reading

भोटेकोशी एमालेमा सुन्तली, पालिका कमिटी हाँक्ने पहिलो महिला

नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीको अध्यक्षमा सुन्तली लामा श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भोटेकोशी गाउँपालिका कमिटीको श्रीचौर खोकुण्डोलमा भएको दोस्रो अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा फूर्निमा शेर्पा, सचिवमा नोर्शाङ शेर्पा, उपसचिवद्धय ज्ञानर्पु शेर्पा र वीरबहादुर तामाङ सहित […]

Continue Reading

शैक्षिक अभियन्ता गिरिद्वारा ८ विद्यालयका ९ सय विद्यार्थीलाई न्यानाे कपडा वितरण

नवलपुर, शैक्षिक अभियन्ता माेहन बहादुर गिरिले ९ सय विद्यार्थीलाई न्यानाे कपडा वितरण गर्नुभएकाे छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा ७ विद्यालयका विद्यार्थी र शिक्षक प्रतिनिधिकाे उपस्थितिमा वडा नं ५ का पाँचवटा विद्यालय र वडा नम्बर ४ का ३ वटा विद्यालय गरी ८ वटा विद्यालयका शिक्षक तथा […]

Continue Reading

सभापति कपमा संकटाको सहज जित

संकटा क्लबले बिहीबार चर्च ब्वाइज क्लबमाथि सहज जित निकाल्दै सभापति फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइजमाथि ३–० को सहज जित निकालेको हो ।संकटाको जितमा अबेक रिचार्डले दुई तथा चन्दन दासले एक गोल गर्नुभयो । संकटाले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल थपेको हो […]

Continue Reading

सातकन्या माविको ५२ औं बार्षिकोत्सव सम्पन्न, गुणस्तरीय शिक्षाको लागि प्याकेजमा काम गरीरहेकाे नगर प्रमुख तामाङकाे भनाई

ज्यामिरे । सातकन्या माध्यमिक विद्यालय मेलम्ची ९ रातमाटाले आफ्नो ५२ औं बार्षिकोत्सव मनाएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाई राख्दै उहाँले आफूले अध्ययन गरेको र विव्यास अध्यक्ष समेत भईसकेको विद्यालय भएका कारण पनि पहिलो प्राथमिकतामा राखेको आफू निर्वाचित भएपछि यस विद्यालयलाई सहयोग गरीरहेका बताउनुभएको छ । साथै गुणस्तरीय […]

Continue Reading

सभापति कप आजदेखि, चर्च ब्वाइज र संकटा दुवै तयार

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरुहुँदै छ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ए डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमने सामने हुने छन् । खेल अघि औपचारिक उद्घाटन समारोह आयोजना हुने छ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने […]

Continue Reading

शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि २ दिन विद्यालय बन्द

विद्यालयमा शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय दुई दिन बिदा दिइएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित वडा नम्बर ४ मा रहेको श्री थाङपाल भ्याली माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु विरामी परेपछि दुई दिन पठनपाठन बन्द गरिएको हो । विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने सबै शिक्षक तथा विद्यार्थी केही दिनदेखि रुघाखोकी तथा उच्च ज्वरोका कारण विद्यालयमा […]

Continue Reading

नगरप्रमुख तामाङद्वारा क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास

क्यौरानी ।मेलम्ची नगरपालिका वडा नं ८ क्यौरानीमा शिव मन्दिर तथा सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङुले वडाध्यक्ष जित बहादुर तामाङ लगायत जनप्रतिनिधि, स्थानीय बासिन्दा र अतिथिहरुको सहभागितमा शिव मन्दिर तथा विर्ताघर रामदल गिरी टोल सामुदायिक भवनको शिलान्यास गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्र्रमुख तामाङले नयाँ भवन समुदायलाई एकत्रित […]

Continue Reading

नेवाःदेय दबु मेलम्चीको दोस्रो अधिवेशन सम्पन्न

मेलम्ची । नेवाः देय् दबु मेलम्ची नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आज (बुधवार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान लगायतले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनबाट सुदर्शन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा उत्तमनारायण श्रेष्ठ, महिला उपाध्यक्ष पुर्णिामा श्रेष्ठ, उपाध्यक्ष पवेन्द्र श्रेष्ठ, […]

Continue Reading