इन्द्रावती गाँउपालिका ४ को इन्द्रावती सामुदायिक सेवा सञ्जालले शुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालनका लागि शुरु गरेको साइकल यात्राका क्रममा ११ हजार ६ सय जनाबाट २० लाख भन्दा धेरै रकम संकलन भएको छ ।
२०७७ साल कात्तिक ७ गतेबाट सुरु गरिएको अभियान कोभिड १९ का कारण केही समय रोकिएको थियो । साइकल मार्फत देशभरबाट कम्तिमा एक लाख मानिस भेटेर सहयोग संकलन गर्ने योजनाका साथ यात्रा थालेका सञ्जालका अध्यक्ष माधवप्रसाद कुँइकेलले आफुले अहिलेसम्म २० लाख भन्दा बढी रकम संकलन गरिएको बताउनुभयो ।
एक लाख जनाबाट संकलित रकमको अक्षयकोष निर्माण गरी सो बाट प्राप्त ब्याजले गरिब, असाहयहरुलाई निशुल्क एम्बुलेन्सका साथै अन्य सहयोग समेत गरिने सञ्जालको योजना रहेको कुइकेलले बताउनुभयो। सो अभियानमा हालसम्म सबैभन्दा बढी रकम गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर सन्तोष चालिसेले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
सहयोग संकलनका लागी सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ को सबै क्षेत्रमा पुगिसकेको र अब क्षेत्र नं. १ मा भ्रमणमा निस्कले उहाँले बताउनुभयो । आफ्नो पवित्र अभियानमा सकेजति सहयोग गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अभियानमा सहयोग गर्न चाहनेले ९८६०६३७१४२ मा सम्पर्क गर्न सक्नेछन् ।