नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सिन्धुपाल्चाेकका युवा नेता उद्धव बानियाँ मनोनित हुनुभएकाे छ ।
नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि रहनुभएका बानियाँले किसानको हक हितका लागी पार्टी र सरकारलाई ध्यानाकर्षण गराउने र किसानकाे समस्यालाई समाधान गर्ने उदेश्य रहेकाे बताउनुभएको छ । सानै उमेर देखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहँदै तरुण दल, जिल्ला कार्यसमिति सदस्य हुँदै सिन्धु काठमाडौं सम्पर्क अध्यक्ष एवं केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा रहेर बानियाँले काम गरीरहनु भएकाे छ ।
बानियाँकाे सक्रीयतामा सिन्धुपाल्चाेक जिल्लाका विभिन्र ठाँउमा स्वास्थ्य शिविर लगाएतमा सामाजिक कामहरू हुँदै आएकाे छ । साथै उहाँले जिल्लाका विभिन्र विद्यालयहरूमा शैक्षिक सामाग्रि सहयाेग गर्दै आउनुभएकाे छ । जिल्लामा परेका सबैखाले समस्याहरूमा आफुले सहयाेग गरीरहेकाे बानियाँले बताउनुभयाे ।
आफु पदमा रहँदा आम किसानको हकहितका लागी पार्टी र सरकारलाई ध्यानाकर्षण गराउनुका साथै किसानकाे समस्याहरूलाई समाधान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको हाे । पार्टी सभापति शेरबहादुर देउवाले श्री गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको मनोनयन गर्नुभएकाे हाे ।