चाैतारामा पहिलोचोटि भएकाे भिक्षाटनमा २५ जना भिक्षु सहभागी

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लामा पहिलोचोटि भिक्षाटन कार्यक्रम भएको छ । चौतारामा पहिलो पटक आइपुगेका भिक्षुहरूलाई जनप्रतिनिधि, समाजसेवी, चौतारा बासी, लगायतले चामल, पैसा लगायत आफु खुशी सकेको भिक्षा दान गरेका छन् । बौद्ध धर्मका अनुयायी भिक्षुलाई दान गरेर आत्म शान्ति दिलाउने काममा सहभागी भएको स्थानिय रविन्द्र श्रेष्ठले बताउनुभयाे ।


नेपालमा बौद्ध धर्म सँस्कार, परम्परा भित्रिएको ताका तिब्बत हुदै सिन्धुपाल्चोककाे थाकन ह्युल्सा भित्रिएको किंवदन्ती रहेकाे छ । परम्परागत मौलिक सँस्कृति र संस्कारलाई प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई यसबारे थाहा दिने उदेश्यले भिक्षाटन कार्यक्रम गरिएको श्रेष्ठको भनाई छ ।


उक्त भिक्षा टन कार्यक्रम भक्तपुर मुनि विहारको आयोजनामा सम्पदा संरक्षण गुठी, सिन्धु नेवा खल, म्ह सिका पुचः र भिन्तुना नेवा आमा समूहको समन्वयमा गरिएको सम्पदा संरक्षण गुठीका अध्यक्ष समेत रहेका श्रेष्ठले जानकारी दिनुभयाे । भिक्षुलाई भिक्षा दान गर्दा पुण्य हुने धार्मिक विस्वास रहेको छ ।


चौतारा बजारमा भक्तपुर मुनि विहारका २५ जना भिक्षुहरू आइपुगेका थिए । उनीहरु चौतारा बजारको पारी टोल हुदै बायाँ तर्फबाट भिक्षा दान संकलन गर्दै टुँडिखेल पीपलबोटसम्म आइपुगेका थिए भने दायाँ तर्फका घर तथा पसलहरुमा पनि त्यसैगरी भिक्षा दान संकलन गर्दै सोही स्थानमा पुगेका थिए ।

Leave a Reply