मेलम्चीमा सम्पन्न शिविरमा २६१ जनाले सेवा लिए

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन ।

मेलम्चीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरबाट २३१ जनाले सेवा लिएका छन् । जसमा महिला १४७ र पुरुष ८४ जना रहेको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारी सापकोटाले जानकारी दिनुभयो । शिविरबाट ६ जना लाई काठमाडौं लगेर उपचार गर्नुपर्ने विरामी फेला परेको छ । ५ जना स्त्री रोग, १ फोक्सो सम्बन्धी रोग भएको विरामी लाई काठमाडौं लगेर उपचार गर्नुपर्ने देखिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

शिविरमा भिडियो एक्सरे सेवा,नशा तथा मस्तिष्क रोग सेवा,हाडजोर्नी,सुगर,प्रेसर बाल रोग लगायत विभिन्न रोगको परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको थियो । शिविरको आज शनिवार बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ९ समिर० र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परिक्षण गरि शिविरको सुभारम्भ गरिएको दिर्घायु गुरु हस्पिटलका प्रबन्ध निर्देशक बिनोद खड्काले जानकारी दिनुभयो ।

Leave a Reply