संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार गरिएको स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम गरिएको मूल्याङ्कन (FRA) मा सिन्धुपाल्चाेकका १२ पालिकामध्ये मेलम्ची नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा मेलम्चीले ९४.५ अङ्क प्राप्त गरेर सिन्धुपाल्चाेकका स्थानिय तहहरू मध्ये उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै मेलम्ची जिल्लाकै प्रथम भएकाे नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयाे। अनियमितता कम भएका कारण मेलम्ची नगरपालिका जिल्लाकै पहिलो भएको नगर प्रमुख तामाङले बताउनुभयाे। उहाँले भन्रनुभयाे, ‘कानुनसम्मत चल्न सके सफल भइँदो रहेछ ।’ राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उहाँको भनाइ छ ।
एक सय पूर्णाङ्कमा मेलम्ची नगरपालिकाले ९४.५ अङ्क ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लाका १२ स्थानीय तहमध्ये सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका ५३.८४ अंक सहित जिल्ला प्रथम र देशकै चाैथाे भएकाे थियाे । जिल्ला समन्वय समितिद्वारा तयार गरिएको अन्तिम नतिजाबाट मेलम्चीले ९४.५ अंक प्राप्त गरेको हो।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
मूल्याङ्कन पद्धतिमा पाँच वटा बुँदा समेटिएका छन् । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा स्थानीय तहहरुले गरेका कामको आधारमा मन्त्रालयले उनीहरुलाई बजेट पठाउने गरेको छ ।
हेर्नुहाेस कुन पालिका कुन स्थानमा :
मेलम्चीले नगरपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १०० प्रतिशत प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये मेलम्ची पहिलो र देशभरीबाट चाैथाे स्थानमा रहेको थियो । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ९८.८३ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ९४.१२ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ९३.७५ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा इन्द्रावती गाउँपालिका ९१ अंक सहित दोस्रो स्थानमा रहेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये ११ औं स्थानमा रहेको थियो । इन्द्रावतिले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १०० प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ९६.५५ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ७५ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ ।
जिल्लाको जुगल गाउँपालिका ९०.५ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये ९ औं स्थानमा रहेको थियो । जुगलले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १०० प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८९.६६ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ७८.१३ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ९४.१२ प्रतिशत प्राप्त गरेको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ८६ अङ्क सहित चौथो स्थानमा रहेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये आठौं स्थानमा रहेको थियो । जुगलले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १०० प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ९३.१ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ७६.४७ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६८.७५ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ८२.३५ प्रतिशत प्राप्त गरेको छ ।
जिल्लाका लिसंखु पाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले समग्रमा समान अङ्क प्राप्त गरेका छन् । लिसंखु पाखर गाउँपालिकाले ८२ अँक प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये छैटौँ स्थानमा रहेको थियो । लिसंखु पाखरले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२.८६ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८७.९३ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५९.३८ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ७५.५३ प्रतिशत प्राप्त गरेको छ ।
सुनकोशी गाउँपालिकाले ८२ अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये चौथो स्थानमा रहेको थियो । सुनकोशीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९.०५ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ९३.१ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ७६.४७ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ७८.१३ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ ।
भोटेकोशी गाउँपालिकाले ८१.५ अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याँकनमा जिल्लाका १२ पालिका मध्ये दोस्रो स्थानमा रहेको थियो । भोटेकोशीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८५.७१ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९.३१ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ८८.२४ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ५९.३८ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ९४.१२ प्रतिशत प्राप्त गरेको छ ।
बलेफी गाउँपालिकाले ८१.५ अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये सातौें स्थानमा रहेको थियो । बलेफीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८८.३३ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७७.५९ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ८२.३५ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ८४.३८ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ८२.३५ प्रतिशत प्राप्त गरेको छ ।
बाह्रबिसे नगरपालिकाले ७४.५ अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याँकनमा जिल्लाका १२ पालिका मध्ये १२ औं स्थानमा रहेको थियो । बाह्रबिसेले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७८.८१ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७५.८६ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ८२.३५ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ५९.३८ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ७९.८१ प्रतिशत प्राप्त गरेको छ ।
त्रिपुरा शुन्दरी गाउँपालिकाले ७३ अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका १२ पालिका मध्ये पाँचौं स्थानमा रहेको थियो । त्रिपुरा शुन्दरीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६६.६७ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९.३१ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ७०.५९ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ८५.५ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ५८.८२ प्रतिशत प्राप्त गरेको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ७० अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याँकनमा जिल्लाका १२ पालिका मध्ये तेस्रो स्थानमा रहेको थियो । पाँचपोखरीले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.४३ प्रतिशत प्राप्त गरेको छ । कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ६७.२४ प्रतिशत प्राप्त गरेको छ । लेखाङ्कन तथा प्रतिवेदनमा ७६.४७ प्रतिशत प्राप्त गरेको छ । अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ६५.६३ प्रतिशत प्राप्त गरेको छ । राजस्व व्यवस्थापनमा ७०.५९ प्रतिशत प्राप्त गरेको छ ।
जिल्लाकाे हेलम्बु गाउँपालिकाले भने यसमा सहभागि नहुने यस अघि नै जानकारी गराईसकेको छ ।