राष्ट्रिय युवा संध नेपाल सिन्धुपाल्चोकद्धारा ईन्द्रावतिमा बृक्षरोपण

* # पालीका खबर विविध समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय युवा संध नेपाल सिन्धुपाल्चोकद्धारा युवा भेला तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोे छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले आज एक कार्यक्रमका विच वडा नम्बर ५ स्थीत विभिन्न प्रजातिका २ सय बिरुवा रोपेको हो ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी नेकपा एमाले ईन्द्रावति गाँउ कमिटीका ईन्चार्ज डबले लामाले राष्ट्रिय युवासंघ रहरलाग्दा युवाहरूको समूह भएकाले रचनात्मक काममा लागिरहनुपर्ने बताउनुभएको छ । वातावरण अनुकुलनका लागि पनि बृक्षारोपण आवश्यक रहेको उहाँले बताउनुभएको छ । पहिरो जाने, पानी नपलाउने समस्या भएकाले यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । एक युवा ५ बिरुवा भन्ने पार्टीको निर्देशन अनुसार यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले गाउँपालिका इन्द्रावती गाँउ कमिटीका अध्यक्ष शशिनाथ आचार्यले राष्ट्रिय युवा संघ, युवाहरूको पक्षमा वकालत गर्ने संगठन भएको बताउनुभएको छ । युवा संघले देशैभर बृक्षरोपण गरिरहेको पनि उहाँले जानकारी दीनुभयो । युवाहरूलाइ रोजगारसँग जोड्न, नेतृत्व र अगुवाई गर्न युवा संघको महत्वपुर्ण योगदान रहेको उहाँले बताउनुभयो । यस्तै युवा संघले खेलकुद र मनोरन्जन जस्ता क्षेत्रमा युवालाई नेतृत्व गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गाउँपालिका इन्द्रावती इन्चार्ज डबले लामा, नेकपा एमाले सिन्धुपाल्चोकका नेता शोभना तामाङ, नेकपा एमाले इन्द्रावती गाउँपालिका अध्यक्ष शशिनाथ आचार्य लगाएत युवा संघका बसन्त तामाङ, नोर्बु लामा, फुर्वा लामा लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा पार्टीको विभिन्न तह तप्कामा रहेका नेता, कार्यकर्ता तथा स्थानिय र सञ्चारकर्मीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ इन्द्रावती गाउँपालिका अध्यक्ष बिजय लामाको अध्यक्षतामा भएको हो ।

Leave a Reply