निसानको पाँचौ सामूहिक लोकनृत्य प्रतियोगिता सम्पन्न, गोकर्णेश्वर लाइट एकेडेमी प्रथम

# शिक्षा समाचार

राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको पाँचौँ सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसइई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा निसानले शनिवार नारायण्टारको नवीन फुलल्याण्डमा कार्यक्रम सम्पन्न गरेको हो ।

सामूहिक लोकनृत्य प्रतियोगितामा २० हजार नगद पुरस्कारसहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा जीवन तारा एकेडेमीले १५ हजार नगद पुरस्कारसहित द्वितीय स्थान हासिल गरेको छ ।

त्यस्तै १० हजार नगद पुरस्कारसहित सृजना इङ्लिस स्कुल तृतीय भएको छ । सान्त्वना हुनेमा चाल्स डार्बिन एकेडेमी र त्रिकोण पब्लिक स्कुल रहेका छन् ।

कार्यक्रममा उपत्यका बाहिरबाट प्रतियोगितामा सहभागी भई निसानको सदस्य बनेको मेलम्ची बोर्डिङ स्कुललाई गर्नुका साथै एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई पनि निसानले सम्मान तथा बधाई ज्ञापन गरेको थियो ।

Leave a Reply