नवलपुर बजारमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल पार्कको उद्घाटन गर्नुभएको हो । आज पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपाल ले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाएको बताउनुभयो ।
उहाँले गाउँपालिकाको राजधानीको रुपमा रहेको नवलपुरका बासिन्दा र गाउँपालिकाले यस्ता इतिहासलाई संरक्षण गर्न सबै लागि पर्नु पर्ने पनि बताउनुभयो । उक्त पार्र्क बागमती प्रदेश सरकारको करिब साँढे १४ लाख लागतमा निर्माण भएको हो ।
हाल पार्क निर्माण गरिएको उक्त नकर्मी टोलमा एउटा पुरानो इतिहास बोकेको फलामको खानी र ढुङ्गा रहेको र सो ढुङ्गालाई च्यासल भनिन्थ्यो ।
उक्त ढुङ्गामा प्राचिनकालमा फलामका औजारहरु बनाउने गरेको र ती औजारहरु तिब्बतमा समेत निर्यात हुने गरेको इतिहासमा उल्लेख छ । सोही इतिहासलाई स्थापित गर्न भुकम्प स्मारक पार्क निर्माण गरिएको इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयो ।