आठ पटक विवाह गरिसकेका ७४ वर्षका एक व्यक्ति पुनः विवाह गर्ने कोसिसमा रहेको पाईएको छ ।
रन शेपर्ड नामका व्यक्तिले आफूलाई सुहाउँदो जोडी भेट्ने बित्तिकै आफू नवौँ पटक विवाह गर्न तयार भएको बताउनुभएको छ ।
रन ब्रिटेनको सोमरटनका बासिन्दा हुनुहुन्छ । आफूलाई एक्लै बस्न फिटिक्कै मन नलाग्ने रनले बताउनुभयो । उहाँलाई घुम्न जानका लागि कोही साथी चाहिने बताउनुभयो । यसअघि उहाँले रोज नामकी एक अमेरिकी महिलासँग इन्गेजमेन्ट गर्नुभएको थियो तर सन् २०१९ मा सम्बन्ध तोडियो । त्यतिबेलादेखि नै रन एक्लो जीवन व्यतित गरिरहनुभएको छ ।
द मिररसँगको कुराकानीमा पार्किनसन नामको रोगद्वारा ग्रसित रनले भन्नुभयोे, ‘आफ्नो स्वास्थ्य समस्या र कोभिडका कारण म एक वैरागीको जीवन बाँचिरहेको थिएँ ।’
हास्य कलाकार नर्मन विजडमका पूर्व टुर म्यानेजर रन शेपर्डले भन्नुभयो, ‘मेरी पूर्व श्रीमती फिलिपिनो क्रिस्टेल लालेक सधैँ मसँग हुन्छिन् जस्तो लागेको थियो तर पाँच वर्ष अघि उनले मलाई छोडिदिइन् । त्यसपछि नै म पार्टनरको खोजीमा छु ।’
‘म अहिले पनि प्रेमको खोजीमा छु । म कहिल्यै हार मान्ने छैन । मलाई एक्लै बस्न फिटिक्कै मन पर्दैन । म एउटा साथीको खोजीमा छु ।’
सन् १९६६ मा पहिलो विवाह गर्दै रन
रनका ८ सन्तान छन् र १३ नाती–नातिना छन् । रनले सन् १९६६ मा मार्गरेटसँग पहिलो विवाह गर्नुभएको थियो तर दुई वर्षपछि नै उहाँको सम्बन्ध विच्छेद भएको थियो ।
श्रीमती नम्बर सातसँग रन
रनकी दोस्री श्रीमतीको नाम जेनेट हो । विवाहको एक वर्षपछि सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । दुई वर्षपछि सन् १९७६ मा उनले लेस्लीसँग विवाह गर्नुभएको थियो । विवाहको पाँच वर्षपछि सन् १९८१ मा लेस्लीको मृत्यु भयो र रन एक्लो हुनुभयो ।
सन् १९८२ मा रनको पाँचौँ विवाह केथीसँग भयो । केथीसँग सम्बन्ध विच्छेद भएपछि सन् १९८६ मा रनले सूसँग विवाह गर्नुभयो । यो विवाह ११ वर्षससम्म टिक्यो ।
रनले सिंगापुरकी उषासँग सन् १९९९ मा विवाह गर्नुभयो । त्यसपछि सन् २००३ मा वनसँग र त्यसको एक वर्षपछि रनले वेंगसँग विवाह गर्नुभएको थियो ।