अँगालो हाल्दा भाँचीयो करङ, मुद्दा पुग्यो अदालत

प्रवास रोचक स्वास्थ्य

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पु¥याउनुभएको छ ।

चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्नुभएको हो । बेस्सरी अँगालो हालेका कारण उहाँको करङ भाँच्चिएको थियो ।
यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरीरहनुभएको थियो । त्यति नै बेला उहाँका एक पुरुष सहकर्मी अचानक आइपुगर अभिवादन स्वरुप अँगालो हाल्नुभयोे । अँगालो हाल्दा उहाँलाई दुखेपछि कराउनुभएको थियो । ती व्यक्तिले उहाँलाई यति दह्रोसँग अँगालो हाल्नुभएको थियो कि उहाँलाई अफिसबाट फर्किएर घर पुग्दा पनि छाती दुखिरह्यो । तर उहाँ तत्काल अस्पताल जानुभएन । मालिस तेल लगाएर सुत्नुभयो ।


‘अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती असाध्यै दुख्न थाल्यो । ति महीला अस्पताल गई एक्स रे गरेर हेर्दा एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो । दुईवटा दाहिने पट्टी र एउटा देब्रे पट्टी । छाती दुखेपछि बाध्यतावश घर बस्नुपरेको, घर बस्दा कमाई नभएको र मेडिकल बिल र नर्सिङ सेवाका लागि राम्रै रकम खर्च भएको उहाँले बताउनुभएको छ ।

ति महीला निको हुने क्रममा करङ भाँचिदिने पुरुष सहकर्मी भेट्न जानुभएको बताईएको छ । त्यतिबेला यी दुईले कुरा मिलाउन खोजे तर कुनै कुरामा सहमति हुन सकेन र कुरा बिग्रियो । आफ्नो आत्मीय अँगालोले नै महिलाको करङ भाँच्चिएको कुनै पनि प्रमाण नभएको भन्दै ती पुरुष सहकर्मीले निहुँ खोजेो पाईएको छ ।

तसर्थ ती महिलाले आफ्ना सहकर्मी विरुद्ध युयाङ सिटीस्थित युनजी अदालतमा मुद्दा दर्ता गर्नुभयो । अँगालो हालेपछि करङ भाँच्चिएको र यसका कारण आफूले आर्थिक घाटा वहन गर्नुपरेको भन्दै क्षतिपूर्तिको मागदाबी गर्नुभएको छ ।

मुद्दाको सुनुवाईको क्रममा ती पुरुषलाई न्यायाधीशले १५ सय डलर क्षतिपूर्ति प्रदान गर्न आदेश दिईएको छ । करङ भाँच्चिएको भनेर पाँच दिनपछि पत्ता लागेपनि त्यो अवधिमा महिलाले हड्डी भाँचिन सक्ने कुनै पनि गतिविधिमा भाग लिएको प्रमाण नभएको अदालतले जनाएको छ । यसका साथै, अँगालो हालेपछि महिलाको पीडादायी प्रतिक्रियाबारे अन्य सहकर्मीले अदालतमा बयान दिएका थिए ।

यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा बहससमेत सुरु गरेको छ तर अधिकांशले महिलाको अवस्थाप्रति सहानुभूति व्यक्त गरे र साथीभाइ – सहकर्मीलाई अभिवादन गर्दा सतर्क रहन पनि सुझाएका छन् ।

Leave a Reply