रबिन दनुवार
१९ मंसिर, नवलपुर ।
रेडियो मिसनको आयोजना र इन्द्रावती गाउँपालिकाको सहयोगमा सञ्चालित सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले पालिका भित्रका हरेक क्षेत्रको विकास गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले पालिकामा राम्रो कामको जनतासामु सूचना पुर्याउन र रचनात्मक आलोचना गर्नु पर्ने भूमिका रेडियोको रहेको बताउनुभयो । पालिका भित्र भएका विकृति विसङ्गतिहरूलाई बाहिर ल्याउने र जनतामा सचेतना जगाउने भूमिका निभाउनु पर्नेमा अध्यक्ष नेपालले जोड दिनुभयो ।
रेडियोले आयोजना गरेको कार्यक्रमलाई पालिकाले महत्वपूर्ण ठानेर आवश्यक सहयोग गरि अभिभावकको भूमिका निभाएको भन्दै रेडियो मिसनका अध्यक्ष निराजन चौलागाइँले आभार व्यक्त गर्नुभयो । चौलागाइँले तालिममा उपस्थित प्रशिक्षार्थीहरूले प्रशिक्षकबाट सिकेको ज्ञान प्रयोग गरि आफू सक्षम भइ पत्रकारिता तर्फ निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
डम्बर रसिक भारती, प्रकाश सुन्दाश , अमित घिमिरेले तालिमको सहजिकरण गर्नुभएको थियो । तालिममा प्रशिक्षकहरूबाट उपलब्धि मूलक ज्ञानहरू पाएको प्रशिक्षार्थी मेरिना तामाङले बताउनुभयो । उहाले तालिममा पत्रकारिता सम्बन्धी महत्वपूर्ण व्यबहारीक ज्ञान सिकेको बताउनुभयो ।

कार्यक्रममा, पालिका अध्यक्ष झम्क नेपाल, रेडियो मेलम्चीका अध्यक्ष एवम् प्रशिक्षक डम्बर रसिक भारती, रेडियो मिसनका अध्यक्ष निराजन चौलागाईं, मिसन नेपालका अध्यक्ष सन्तोष सिग्देल, पालिकाका प्रेस सल्लाहकार सुनिल तामाङ र रेडियो मिसनका स्टेसन मेनेजर किरण थापा लगायत तालिमका प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।