राप्रपाका बागीले मनोनयन फिर्ता लिए

* # राजनीति समाचार सिन्धुपाल्चोक

चौतारा ।
राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले दिएको बागी उम्मेदवारी फिर्ता भएको छ । राप्रपाले क्षेत्र नं. २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उहाँविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगानाले बागी उम्मेदवारी दिनुभएको थियो । तर, बुधबार उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । क्षेत्र नं २ (क) प्रदेशसभामा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले बागी उम्मेदवारी हाले पनि फिर्ता लिनुभएको छ । राप्रपाले यो प्रदेशमा बाबुराम खड्कालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।
त्यस्तै (ख) प्रदेशमा बागी उम्मेदवारी दिएका राप्रपाकै योगेन्द्रराज सिग्देलले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । यो प्रदेशसभामा राप्रपाले गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ को चुनावी घरदैलो अभियान शुरू भएको छ । राप्रपा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ मा मतदाताहरू माझ भोट माग्दै अभियान सुरू गरिएको क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनुभयो । “हामीले चुनावी अभियान सुरू गरिसकेका छौँ, आजबाट अभियान सुरू भयो,” तामाङले भन्नुभयो ।

अभियान चौतारा साँगाचोकगढी नगरपालिका बाट सुरू गरिएको क्षेत्रिय अध्यक्ष तामाङले बताउनुभयो। अभियानमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङ सहित क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार नर्सिङ (गोपाल) श्रेष्ठ, क्षेत्र नं. २ (क) प्रदेशमा राप्रपाका उम्मेदवार बाबुराम खड्का, प्रदेश (ख) का उम्मेदवार गोविन्द गुरुङ, महाँधिवेशन प्रतिनिधि भिमसेन खनाल लगायत हुनुहुन्छ ।

Leave a Reply