काठमाडौ ।
सिन्धुपाल्चोक इन्द्रावतीका पुराना पत्रकार एवम् नयाँपानी खबर अनलाइनका प्रकाशक सम्पादक तथा नयाँपानी सन्देश साप्ताहिकका सम्पादक बुद्धिप्रसाद आचार्य सञ्चार सेवा सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ ।
चन्द्रलोक प्रतिष्ठानद्वारा आज काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक बिशेश समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सो सम्मान प्रदान गर्नुभएको थियो । चन्द्रलोक प्रतिष्ठानले बडा दशै २०७९ को सन्दर्भमाआयोजित कार्यक्रममा विभिन्न बिधाबाट देश र समाजका लागि योगदान गर्ने दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरेको हो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जयन्ती राई, संविधान सभा सदस्य रामकृष्ण ताम्राकार, जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्त, काठमाडौ प्याब्सनका बरिस्ठ उपाध्यक्ष नवराज भट्ट, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा, नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक एवं न्युज अफ नेपालका सम्पादक दिपक रिजाल र गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा लगायतका व्यक्तित्वहरु सम्मानित हुनुभएको छ ।