वन डढेलो सचेतना सप्तहा : नवलपुरमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक


नवलपुर ।

सब डिभिजन वन कार्यालय नवलपुरको आयोजनामा वन डढेलो सचेतना सप्ताह अन्तर्गत आज नवलपुर बजारमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

प्रभातफेरी कार्यक्रममा इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपालले वनमा डढेलो लगाएको कारण जलवायु परिवर्तन भएको बताउनुभयो । अध्यक्ष नेपालले सिन्धुपाल्चोक सामुदायिक वनको जननी जिल्ला भएको बताउँदै जलवायु परिवर्तन भएकै कारण अक्सिजनको कमि भएकोले मानवीय जीवनमा विभिन्न रोगहरु लाग्ने गरेको बताउनुभयो । अध्यक्ष नेपालले राम्रो कामको मात्रै दायित्व लिने बानिको अन्त्य गर्नुपर्ने बताउदै नराम्रो कामको पनि औल्याउँन र दायित्व जिम्मेवार लिनु पर्ने जोड दिनुभयो ।
जलवायु परिवर्तनको असर र प्रभावलाई न्यूनीकरण गर्न बिरुवा रोप्न अध्यक्ष नेपालले सबैलाई आग्रह गर्नुभयो । वनमा डढेलो लाग्न नदिन वनको सम्वर्धन व्यवस्थापन गर्न नाङ्गो डाडामा बिरुवा रोप्नु पर्नेमा उहाँको जोड थियो ।

त्यस्तै इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले वन सबैको साझा सम्पत्ति भएकोले वनको संरक्षण गर्न सबै लागि पर्ने बताउनुभयो । वनको संरक्षण गर्न हाम्रो ध्यानाकर्षण कम छ, त्यसैले वन मानवीय जीवनसँग गाँसिएकोले यसको संरक्षण सबै लागि पर्नु पर्ने धारणा राख्नुभयो ।

प्रभातफेरी कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष क्षेत्र बहादुर तामाङले गाउँ बस्ती टोलसम्म नै जनचेतना पुर्याउन सकेमात्रै वनको संरक्षण गर्न सकिने बताउनुभयो । तामाङले वनको संरक्षण गर्न सकेमा मानवीय जीवन लाई फाइदा समेत हुने बताउनुभयो ।

कार्यक्रम बोल्दै इलाक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जय नेपाल थापाले पर्यावरण लाई सन्तुलन गर्न भएपनी वनमा डढेलो लगाउन नहुने बताउनुभयो । थापाले वनमा डढेलो लगाउन हुदैन भनेर थहा हुदा हुँदै पनि वनमा आगोलागी भएकोले त्यसको अनुसन्धान गरेर कारबाही गर्ने बताउनुभयो । वनमा डढेलो लगाउनु परेमा पानीपोखरीको व्यवस्थापन गरेर मात्रै लगाउनु पर्ने र लगाइसकेपछी राम्रोसँग आगो लाई निभाउनु पर्ने उहाँले बताउनुभयो ।

त्यस्तै सल्लेनि घारी बन पाखा उपभोक्त समितिका अध्यक्ष राजेश अधिकारीले चेतनामा कमि भएकोले वन डढेलो भएको जिकिर गर्दै वनमा आगो लगायो भने बँदेल बादर नियन्त्रण गर्न सकिन्छ भन्ने सोच्नु भ्रामक भएकोले सचेतना फैलाउनु र वन संरक्षण गर्न उपभोक्तको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

गाउँपालिकाका जनप्रतिनिधिहरु, सहकारी सस्थाका प्रतिनिधिहरु पालिकाका कर्माचारी लगायतको उपस्थिति मा कार्यक्रम सम्पन्न गरिएको नवलपुर सव डिभिजन कार्यालयका प्रमुख पन्नलाल चौरसियाले जानकारी दिनुभयो ।

Leave a Reply