कुञ्चाेक , नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुवास तिरूवाले ईन्द्रावती गाउँपालिका वडा नं ३ मा अवस्थित सिंहमति माध्यमिक विद्यालयलाई २० सेट फर्नीचर उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गर्नुभएकाे छ ।
विहिवार विद्यालयमा भएकाे शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा मन्तव्य राख्दै नेता तिरूवाले आफु जन्मेर हुर्केकाे ठाउँकाे धेरै मायाँ लाग्ने भन्दै एक दिन भएपनि आफु सिंहमती माविमा अध्ययन गरेकाे स्मरण गर्नुभयाे । विद्यालयका १३८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न पुग्नुभएका उहाँले विद्यार्थीलाई केही हदसम्म राहत हाेस भनेर शैक्षिक सामाग्री वितरण गरिएकाे जानकारी दिनुभयाे ।
कुनै विद्यार्थी फर्नीचरकाे अभावमा कक्षाकाेठामा बस्न बाट बन्चित हुन नपराेस भनेर आफुले फर्नीचर उपलब्ध गराउन लागेकाे बताउनुभयाे । “नेपालीहरू अशिक्षाले पछि परेकाे भन्दै यश विद्यालयका विद्यार्थीलाई देश विदेशमा नाम कहलिने गरि मेहनत गर्न उहाँले आग्रह गर्नुभयाे । घरबाट अनिवार्य रूपमा बालबालिकालाई विद्यालय पठाउन उपस्थित अभिभावक समक्ष उहाँले आग्रह गर्नुभयाे ।
