जलवाई देवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा २२औं अभिभावक भेला सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

श्री जलवाई देवी माध्यमिक विद्यालय मेलम्ची -८ क्यौरानीको ५० औं जन्मोत्सव (स्वर्ण जयन्ती) तथा २२औं अभिभावक भेला सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर ) ले पुस्तकसँगै प्राविधिसँग जोडेर अध्ययनलाई अगाडी बढाउनुपर्नेमा जोडदिनुभयो । अबको युग प्राविधिको युग रहेकाले यस अनुसार प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन अहिलेको मुख्य आवश्यकता रहेको तामाङले बताउनुभयो । उहाँले यस विद्यालयलाई विभिन्न सहयोग गरेको बताउँदै शुद्ध खानेपानीको लागि स्मार्ट प्लान्ट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पुर्व वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिती पुर्व अध्यक्ष ठंकराज गिरीले विद्यालयलाई यस स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै गुणस्तरीय शिक्षाका लागि सबैको पहल जरुरी हुने बताउनुभयो ।

त्यस्तै पुर्व व्यवस्थापन समिति अध्यक्ष अर्जुन गिरी(बैरागी)ले गुणस्तरीय शिक्षामा अभिभावकको चासो बढि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थापना गर्नुभएको अक्षयकोष मार्फत ५ जना जेहन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्नुभयो । बिद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक सुरेन्द्रबहादुर खडकाले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष जितबहादुर तामाङ लगायत पुर्व प्रधानाध्यापक, अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

र्यक्रममा अवसरमा स्वर्ण स्तम्भ अनावरण , बिभिन्न सहयोगदातालाई सम्मान , बिभिन्न पुरस्कार , छात्रवृत्ति प्रदान गरिएको थियो ।चर्चित कलाकार सुर्यमणी आचार्य, कबिता दुलाल, चन्द्रप्रसाद कोइराला , हाँस्यकलाकार राज पराजुली र विद्यार्थीहरुले आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष जलबहादुर दोङको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply