द सिन्धुपाल्चोक बिजनेस क्लवद्वारा बोधिसत्वका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –६ स्थित हेलम्बु बोधिसत्व मोडल विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । द सिन्धुपाल्चोक बिजनेस क्लवले यस विद्यालयका २०० जना विद्यार्थीलाई न्यानो कपडा(ज्याकेट) प्रदान गरिएको हो ।

हेलम्बु गाउँपालिकाको मोडल विद्यालयको रुपमा रहेको विद्यालयमा निशुल्कः छात्राबास सहित प्राबिधिक बिषय समेत अध्यापन हुने गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाले पालिकाले कक्षा १२ सम्म नि:शुल्क अध्ययनको व्यवस्था गरेको बताउँदै स्नातक तह  शिक्षा सम्म नि:शुल्क गर्ने लक्ष्य रहेको बताउनुभयो ।

दिर्घ रोगिलाई निशुल्क औसधि तथा निशुल्क एम्बुलेन्सको गाउँपालिकाले व्यवस्था गरेको बताउँदै अध्यक्ष लामाले व्यवसायी हरुलाई पर्यटन क्षेत्रमा लगानि गर्न आग्रह गर्नुभयो । उहाँले काठमाडौबाट नजिक रहेको हेलम्बुमा पर्यटकका लागि धेरै कुरा रहेको बताउँदै होटल क्षेत्रमा लगानी गर्न व्यवसयीलाई आग्रह गर्नुभयो ।

सहयोगी संस्थाका अध्यक्ष नयनबहादुर पण्डित(क्षेत्री)ले संस्थाले सामाजिक क्षेत्रमा गरिरहेको कामको बारेमा जानकारी गराउनुभयो । बिपदमा परेका तथा कम आय भएकाहरुलाई संस्थाले विभिन्न सहयोग गर्दै आएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पासाङ शेर्पाले सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयलाई अझ सहयोगी संस्थाको खाँचो रहेको बताउनुभयो ।

सिन्धुपाल्चोकबाट राजधानीमा व्यापार व्यवसाय गर्दै आएका उत्साही युवाहरुले स्थापना गरेको दि सिन्धुपाल्चोक बिजनेश क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाले हेलम्बु –मेलम्ची बाढि प्रभावित, बिभिन्न स्कुलमा ब्याग तथा पोशाक बितरण, बिभिन्न गम्भिर रोग लागेकाहरुलाई सहयोग लगायत बिपक्तिमा परेकालाई सहयोग गर्ने गरेको संस्थाका महासचिव रत्न पराजुलीले  बताउनुभयो ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रममा नेपाल हिमालय सिमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा  नेपाल उद्योग बाणिज्य महासंघको व्यापार समितिका सदस्य अशोककुमार श्रेष्ठ , संस्थाका कार्यसमिति सदस्य हरिओम मकाजु, राजेन्द्र रिजाल, कानुनी सल्लाहकार प्रणनाथ न्यौपाने , भोटेकोशी –२ का पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ , गाउँपालिकाका विद्यालय निरीक्षक नवराज भट्टराई , सहायक प्रधानाध्यापक पेम्बा लामा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply