मोडल तथा गीतकार इन्दु दनुवारको आइ लभ यू बजारमा

* # मनोरञ्जन समाचार

मेलम्ची

मोडल तथा गीतकार इन्दु दनुवार र युवराज खत्रीको नयाँ म्युजिक भिडियो आइ लभ यू सार्वजनिक गरिएको छ।

कोकिल स्वरका धनी गायिका मेलिना राई र बिजय रम्तेलको सुमधुर आवाजमा सजिएको प्रेम कथामा आधारित गित आइ लभ यू युट्युब बजारमा सार्बजनिक भएको हो ।

रमन निरौलाको शब्द रहेको गीतमा बिकाश चौधरीले संगित भर्नुभएको छ ।

यस अघि पनि बिभिन्न गीतको म्यूजिक भिडियोमा मोडलिङ गर्नुभएका इन्दू दनुवारको आफ्नै शब्द संगितमा पनि आधा दर्जन भन्दा बढी गीतहरु बजारमा उपलब्ध छन् । केही तिजको गीतहरु लेख्नुका साथै गाउनुपनि भएका दनुवारको जाग युवा हो बोलको स्वदेश गाण पनि रचना गर्नुभएको छ । उक्त गीत प्रताप दाशको आवाजमा सुन्न सकिन्छ ।

हालै बजारमा आएको आइ लभ यू बोलको गीतको भिडियोमा इन्दु दनुवार र युवराज खत्रीलाई देख्न सकिन्छ । कृष्ण पौडेलको निर्देशनमा बनेको गीतको भिडियो सुजन श्रेष्ठले खिच्नुभएको हो भने, सुरेश काफ्लेले ड्रोन चलाउनुभएको थियो । एक्सन फ्लिमको पोष्ट प्रोडक्सनमा बनेको भिडियो तारा सितारा प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

Leave a Reply