मेलम्ची नगरपालिकाले गाेरू पाल्ने किसानहरूलाई अनुदान दिने भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा साे कुरालाई समेटेकाे छ ।
मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सार्नुभएकाे छ । जसमा कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन एवं यान्त्रिकरणमा लागत बढि लाग्ने क्षेत्रका कृषकहरूलाई प्राेत्साहन गर्न गाेरू पालनकाे लागि अनुदानकाे व्यावस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरीएकाे छ ।
साथै कृषि तथा पशु विकासकाे लागि एकीकृत सेवा केन्द्र र घुम्ति शिविर मार्फत कृषकहरूलाई थप सेवा सुविधा पुर्याउने नगरपालिकाकाे नीति रहेकाे छ । कृषकहरूकाे क्षमता विकासका लागि कृषककै खेतबारीमा गएर तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने नीति लिएकाे छ ।
स्थानिय उत्पादनलाई उच्च प्राथमिकतामा राखि आर्थिक बर्ष २०८१/०८२ देखि हाटबजारकाे माध्यमबाट स्थानिय उत्पादनकाे प्रवद्धन र बजारीकरण गर्ने नगरपालिकाकाे नीति तथा कार्यक्रममा उल्लेख गरीएकाे छ ।
मेलम्ची नगरपालिकाले आगामि आर्थिक बर्षका लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।