रेडियो मिसन, नवलपुर ।
इन्द्रावती सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । इन्द्रावती ५, इन्द्रावती १२ को ए टोली, आयोजक सृजनशील युवा समाज र इन्द्रावती ९ सेमिफाइनलमा पुगेका हुन् । यी टोलीले क्रमशः सिएन युवा क्लब इन्द्रावती ९, इन्द्रावती ३, इन्द्रावती ११ बि र इन्द्रावती ११ को ए टोलीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
आज भएको पहिलो खेलमा इन्द्रावती ५ ले सिएन युवा क्लब इन्द्रावती ९ लाई २-० गोल अन्तरले हराएको छ । दोस्रो खेलमा इन्द्रावती १२ को ए टोलीले ले इन्द्रावती ३ लाई २-० गोल अन्तरले र अर्को खेलमा आयोजक सृजनशील युवा समाजले इन्द्रावती ११ को बि टोलीलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै इन्द्रावती ९ ले इन्द्रावती ११ को ए टोलीलाई पेनाल्टी सुट आउटमा हराएको आयोजकले जनाएको छ । निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि पेनाल्टी सुटमा धकेलिएको थियो ।
अब भोली इन्द्रावती १२ को ए टोली र आयोजक सृजनशील युवा समाज तथा इन्द्रावती ५ र इन्द्रावती ९ बिच फाइनल प्रवेशका लागी खेल हुने आयोजकले जानकारी दिएको छ ।
२१ टिम सहभागी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने र खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।