समाजसेवी गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

* # पालीका खबर विविध शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ,

समाजसेवी मोहन बहादुर गिरीको सहयोगमा ३२८ जना बिद्यार्थीको लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नं २ को श्री महेन्द्र मा वि मा एक कार्यक्रमका बिच सो सामाग्री बितरण गरिएको हो ।


समाजसेवी गिरीको सहयोगमा २२८ जना बिद्याथीको लागी करिब ४ लाखको न्यानो कपडा ट्र्याक सुट, १२ हजार बराबरको कपि कलम १२००० तथा १५००० बराबरको १ पिस डिस्पेन्सर बितरण गरिएको हो


लायन्स क्लबको केहि सहयोग र अरू मोहन बहादुर गिरिको ब्यक्तिगत सहयोगमा सामाग्री र कपडा बितरण गरिएको गिरीले बताउनुभयो । गिरीको सहयोगमा २०७९ र ८० सालमा गरि इन्द्रावती गाउँपालिका वडा नं २ र ३ का सम्पुर्ण बिद्यार्थीहरुलाई न्योनो कपडा बितरण गरिएको छ ।


यसका साथै बिपन्न ३४ जना बिद्यार्थीलाई कृषि प्राबिधिक, ओभरसियर, नर्स लगायतको निशुल्क रुपमा प्रदान गरिएको गिरीले जानकारी दिनुभयो । आगामी दिनहरुमा ६० जना बिद्यार्थीहरुलाई निशुल्क प्राबिधिक शिक्षा दिने लक्ष्य रहेको उहाँले बताउनुभयो । पोहोर ७ वटा बिद्यालय र यसपाली १ बिद्यालयलाई न्यानो कपडा बितरण गरिएको हो । २०७९ सालमा ४०८ जना बिद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी बितरण गरिएको थियो ।


लायन्स क्लब अफ बासुकी द्वारा मोहन बहादुर गिरिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर वस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा बिकास गर्दै आएको र आगामि दिनमा पनि गर्दै जान बताउनुभएको छ । जनताको मतको सान्दार इज्जत राखेको बताउँदै मन्त्री बस्नेतले ५ बर्श भित्र आफ्नो निर्वाचन क्षेत्रमा सोचे भन्द बढि बिकास गर्ने बताउनुभयो ।


कार्यक्रममा मन्तब्य राख्दै पुर्व गृहराज्यमन्त्री बिष्णु बिक्रम थापाले सबै दलको उद्देश्य समाजको बिकास गर्ने भएको तर केहि दलले आफ्नो गन्तव्य बिर्सेको बताउनुभयो । “राजनिति गर्ने व्यक्तिको कर्तव्य समाजको बिकास गर्नु हो”, उहाँले भन्नुभयो । नेपालिले आफ्नो भाषा, संस्कृति सबैलाइ बचाएर राख्नुपर्ने र यसमा बिशेष गरि राजनितीक दलले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उहाँको धारणा छ ।


त्यस्तै इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा गाउँपालिकामा सबै संरचना बनाएको बताउनुभयो । “हामिले कार्यकाल सुरु गर्ने बेलामा नत सडक थियो, नत खानेपानी थियो, भुकम्पले सबै संरचना भत्किएको अवस्था थियो”, उहाँले भन्नुभयो ।


अहिलेको पालिका अध्यक्ष आफ्नो कार्यकालमा बनाएको भवनमा बसेर काम गरिराखेको र आफ्नो कार्यकालमा बनाइदिएको सडकमा गुडिरहेको बताउनुभयो । पालिकाको सबै संरचना आफ्नो कार्यकालमा बनाएको तर अरुले जस लिन खोजेको उहाँको भनाई छ । दोस्रो कार्यकालको बजेट बनाउदै गर्दा अहिलेका स्थानीय सरकारले देखिने कुनै संरचना बनाउन नसकेको उहाँको भनाई छ । बिद्यालयमा सिकाइ उपलब्धि बारेमा अहिलेको पालिका अध्यक्षले भ्रम छरेको तामाङको आरोप छ ।
“हामिले बनाएका संरचनाहरु मात्र अहिलेको स्थानिय सरकारले व्यवस्थापन मात्र पनि गर्न सक्यो भने यो पालिका स्मृद्ध हुनेछ” उहाँले “भन्नुभयो अहिलेको स्थानिय सरकारले गफ मात्र गरेको छ, काम केहि गरेको छैन” ।


कार्यक्रममा मन्तब्य राख्दै इन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले बिद्यालयमा १ देखि १० सम्मको शुल्क निशुल्क हुनु पर्ने धारणा राख्नुभयो । साथै मल खादमा पनि अनुदान दिनु पर्ने र पालिकाले दिवा खाजाको रकम थप्नु पर्ने उहाँको भनाई छ । पालिकाले दुध चिस्यान केन्द्र बनाउनुपर्ने उहाँले माग गर्नुभयो ।


श्री महेन्द्र मा विको आयोजनामा भएको कार्यक्रममा बिब्यस अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता, प्रमुख आतिथ्यता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, विशेष आतिथ्यता पुर्व गृहराज्य मन्त्री बिष्णु बिक्रम थापा, विशेष आतिथ्यता इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, विशेष आतिथ्यता इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, कलाकार, अभिभावक, विद्याथी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply