सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलको श्रमदान

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन,ग्याल्थुम

हेलम्बु गाँउपालिका यतिबेला बाढीका कारण चपेटामा परेको छ । बाढीका कारण हेलम्बुका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगिरहेको छ । बाँकी संरचनाहरु जोगाउन हर तरहका प्रयासहरू भईरहेका छन् ।

सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलले श्रमदान गरेको छ । बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ (समीर) र हेलम्बु –४ का वडा अध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा विद्यालयको बाँकी संरचना बचाउनको लागि भइरहेको प्रयासमा आज नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ’क’ र ’ख ’ साथै मेलम्ची नगर कार्यसमितिले सहयोग गरेको छ ।

खोलामा जालि भर्ने कार्य भइरहेको स्थान ग्याल्थुममा पुगि नेपाली तरुण दल जिल्ला कार्यसमितिका नेताहरु, तरुण दल क्षेत्र नं २ को प्रदेश क का अध्यक्ष अमित खड्का, प्रदेश ख का अध्यक्ष फुर्वा लामा, तरुण दल मेलम्ची नगर सभापति श्याम लामा लगायतकाे नेतृत्वमा मेलम्ची नगरको तरुण दल समुह र त्यसैगरी जिल्ला भरिका विभिन्न तह र तप्कामा रहेका तरुण सदस्यहरुले सहभागिता जनाई सरस्वती मा.बि जोगाउने प्रयासमा सहयोग गरेका छन् ।

प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर)को अनुरोधमा आज तरुण दल सिन्धुपाल्चोकका युवाहरू ठूलो संख्यामा हेलम्बु पुगि बिद्यालय, बस्ति र भौतिक संरचनाहरु बचाउने अभियानमा दिनभरी नै सक्दो सहयोग गरेको छ । तरुण दलले यसअधि पनि जिल्लाका विभिन्न विपत्तीहरुमा साथ दिँदै आईरहेको छ ।

Leave a Reply