अनेमसंघ (क्रान्तिकारी) ले अर्को महिना जिल्ला भेला गर्ने

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १३ गते जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ ।

नेकपा ९माओवादी० केन्द्रले लिएको ३ महिने जनतासंग माओबादी रुपाञ्तरण अभियानलाई पकड्दै संघले भाद्र मशान्तसम्ममा गाउँपालिका, नगरपालिका र वडासम्मको भेला बैठक र सम्मेलनहरु सम्पन्न गर्ने, सदस्यता नविकरण र वितरण गर्ने निर्णय भएको संघको जिल्ला सचिव तारा रानाले बताउनुभयो ।

बैठक बागमती सरकारका प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेतृ नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ ।

जिल्ला सचिवालय स्तरको अगुवा महिला नेतृहरुको उपस्थितीमा सम्पन्न उक्त बैठकमा पार्टीको बागमती प्रदेश समिति सदस्य श्यामसुन्दर श्रेष्ठ (बिबेक), जानुका पराजुली (भावना) र पार्टी बागमती प्रदेश समिति सदस्य एवं संघको केन्द्रिय सदस्य सुमित्रा बस्नेत (सुजिना), को आतिथ्यता रहेको थियो ।

बैठकमा उपस्थित नेतृत्वगणले संघको सांगनाठीक र राजनीतिक सक्रियताको लागि सम्पूर्ण रुपले एकताबद्ध भएर लागि पर्न शुभकामना प्रात्त भएको जिल्ला अध्यक्ष अम्बिका नेपाल (भूमिका) ले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य संघ संगठनभन्दा महिलाको संगठन बलियो हुनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले पार्टीले ल्याएको नीती तथा कार्यक्रमलाई आम जनतासम्म पुर्याउन अनबरत लागि पर्ने अठोटका साथ अघि बताउनुभयो। जसको लागि जिल्लाको १२ वटै क्याम्पसको छात्राहरुको बिचमा अन्तरक्रिया गर्ने र दशै तिहारको बिचमा भव्य स्कुलिङ कार्यक्रम आयोजना गरिनेछ । अध्यक्ष नेपालको अनुसार संघलाई देशभरीकै नमुना र बलियो बनाउने जिल्लाका महिला नेत्रिहरूको भनाई छ ।

Leave a Reply